भर्खरै

विद्युतीय सामग्रीहरु स्वदेशमा नै उत्पादन गरी आयात घटाउनु पर्दछ

  • प्रकाशित मिति : Wed-04-Sep-2019
  • - सम्पादकीय
title

 
विद्युतीय सामग्रीको प्रयोगले मानिसको दैनिक जीवनलाई सहज र सरल बनाएको छ । मानिसलाई असम्भव  र अप्ठ्यारा लाग्ने काम विद्युतीय सामग्रीहरु मार्फत सहज बन्दै गएको छ । हिजोका दिनमा असहज र अप्ठ्यारा लाग्ने कामहरु सजिलै सँग तुरुन्तै सम्पन्न गर्न सकिन्छ । विश्वका हरेक स्थानमा विद्युतीय सामग्रीको प्रयोग बढ्दै गएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । 
 
नेपालमा विद्युतको विस्तार भएपछि विद्युतीय सामग्रीको प्रयोग पनि हरेक वर्ष बढ्दै गएको छ । नेपालमा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरु स्थापना नभइसकेको अहिलेको अवस्था विभिन्न मुलुकहरुबाट नेपालमा विद्युतीय सामग्रीहरु आयात हुने गरेको छ । नेपालमा विद्युतीय सामग्री प्रयोगको उपभोक्ता बढेसँगै विभिन्न ब्राण्ड तथा कम्पनीका विद्युतीय सामग्रीहरु नेपाल आयात हुने गरेको छ । आयातित विद्युतीय सामग्रीको गुणस्तर परीक्षण गर्ने प्रविधि भने नेपालमा छैन । आर्थिक वर्ष २०७५/७६  को भन्सार विभागको तथ्याङ्क अनुरुप नेपालमा ९२ अर्ब २६ करोड ८१ लाख ६१ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको छ भने  २५ करोड ८१ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको विद्युतीय सामग्री निर्यात भएको छ । विद्युतीय सामग्री आयात र निर्यातमा निकै नै ठूलो अन्तर रहेको देखिन्छ । नेपालमा विद्युतीय सामग्री आयात वर्षै पिच्छे बढ्दै गएको छ भने निर्यात हरेक वर्ष घट्दै गएको छ । नेपालमा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरु नहुँदा वर्षेनी आयात बढेको हो । 
विद्युतीय सामग्री आयातबाट मात्रै नेपालको अरर्बौ रुपैँया विदेशीने गरेको छ । यसले देशको अर्थतन्त्रमा प्रभाव पारेको छ भने नेपाललाई परर्निभरता तिर धकेलेको देखिन्छ । नेपाललाई आर्थिक साृद्धि तर्फ लैजाने हो भने नेपालमा नै उद्योगहरु स्थापना गर्नु आवश्यक छ । जसले आयातको मात्रालाई घटाउन सहयोग पुग्दछ । त्यस्तै बजारको विस्तार हुनु पनि उत्तिकै आवश्यक छ । अहिले सरकारले विद्युत उत्पादनलाई प्राथमिकता दिईरहेको अवस्थामा विद्युत खपतका लागि विद्युतीय सामग्रीको उत्पादनलाई पनि प्राथमिकता दिनु पर्दछ । आयातलाई घटाउनका लागि सम्बन्धित सबै निकायले ध्यान दिन जरुरी छ ।  

प्रतिक्रिया