भर्खरै

पालुङ वितरण केन्द्रले ग¥यो विद्युतीय मोटर बरामद, ३ दर्जन ग्राहकको लाइन काटियो

  • प्रकाशित मिति : Sun-01-Sep-2019
  • - विद्युत संसार संवाददाता
title

टिष्टुङ,भदौं । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङमा सञ्चालन भईरहेको घरेलु मिलबाट १५ भाद्रमा विद्युतीय मोटर बरामद गरेको छ । 
प्राधिकरणले संचालन गरेको विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत प्राधिकरणको चुहावट नियन्त्रण टोलीले लामो समयदेखि प्रयोग गरिरहेको विद्युत मिटर बरामद गरेको हो । 
अभियान अन्तर्गत प्राधिरकणले सबै ग्राहकको घरमा जडान भएका मिटरको अनुगमन गर्ने, डाईरेक्ट हुकिङ नियन्त्रण गर्ने र वक्यौता रहेका ग्राहकको लाईन काटी बाँकी वक्यौता अशुल उपर गर्ने पालुङ वितरण केन्द्रका प्रमूख सन्तोष प्रसाद पन्तले जानकारी दिए ।
पालुङ वितरण केन्द्रले वक्यौता नतिर्ने ग्राहकहरुको लाईन काट्ने र विद्युत चुहावट नियन्त्रण अभियानलाई तीव्र बनाएसँगै थाहानगरका विभिन्न क्षेत्रमा यस साता मात्र बक्यौता नतिर्ने ३ दर्जन ग्राहकको लाईन समेत काटि सकेको उनले बताए ।

प्रतिक्रिया