भर्खरै

विद्युतीय चुल्होप्रति उपभोक्ताहरु आकर्षित

  • प्रकाशित मिति : Wed-28-Aug-2019
  • - Admin
title

 
पछिल्लो समय लोडसेडिङ्गको अन्त्य भई नियमित रुपमा विद्युत आपूर्ति हुन थालेपछि उपभोक्ताहरु विद्युतीय चुल्होतर्फ (इन्डक्सन) आकर्षित हुन थालेका छन् । ‘तीन वर्षअघिसम्म कहालिलाग्दो लोडसेडिङ्ग भोगेको हामी सबैले विद्युतीय चुल्होको प्रयोगको उच्चारणसमेत गर्न सक्दैनथ्यौ, त्यतिबेला बढी विद्युत खपत गर्ने उपकरण प्रयोग नगरौं भनिन्थ्यो, तर अहिले त्यो अवस्था पूर्णरुपमा फेरिएको छ । अहिले विद्युत खपत बढाउनुहोस् भन्नु पर्ने अवस्था आएको छ । 
लोडसेडिङ्गको मार खेपेका जनतामा अहिले विद्युत नियमित भएपछि ग्रामीण तथा शहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुल्होको प्रयोग बढिरहेको छ । यो चुल्हो अन्य इन्धन भन्दा सस्तो, भान्सा सफा र आधुनिक देखिने, पकाउन सजिलो र सुरक्षित हुने, आगो नफैलने लगायतका कारणले विद्युतीय चुल्होप्रति उपभोक्ताको आकर्षण बढेको छ । ग्यासको सट्टामा विद्युतीय इन्डक्सन चुल्होको प्रयोग गरी खाना बनाउँदा झन्डै आधा सस्तो हुन्छ । त्यसैले पनि उपभोक्ताहरु यस चुल्होप्रति आकर्षित देखिन्छ । त्यस्तै सरकारले ‘घर घरमा विद्युतीय चुल्हो’ प्रयोगको कार्यक्रमअन्तर्गत हरेक घरमा विद्युतीय चुल्हो जडान गर्न प्रोत्साहन गर्ने नीति लिएकोले सरकारको यो योजना सराहनीय देखिन्छ । किनकी यसबाट ग्यास आयातलाई क्रमशः प्रतिस्थापन गर्दै व्यापार घाटालाई न्यून गर्न सकिन्छ । वर्षेनी करोडौं मूल्य बराबरको आयात हुने पेट्रोलियम पदार्थमा कमी ल्याई यसबाट मुलुक ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढ्ने आशाको दियो पलाएको छ  ।’
 
विद्युतीय चुलोको प्रयोगका लागि नेपाल विद्युत प्राधिकरण र सामुदायिक विद्युतीकरण संस्थाले एउटा अभियान कै रुपमा काभ्रेको तेमाल गाउँपालिकाबाट यो कार्यक्रमको सुरुवात गरेको छ । उक्त संस्थाले पहिलो चरणमा पाँच हजार चार सय घरधुरीलाई ६ हजार सात सय रुपैयाँमा इन्डक्सन चुल्हो, कुकर, कराई र पानी तताउने ताप्के उपलब्ध कार्यक्रमको सुरुवात गरेको छ । उपभोक्ताले आनो भान्सामा विद्युतीय चुल्होको प्रयोग गर्न थाल्नु मुलुकको समृद्धितर्फको यात्रामा महत्वपूर्ण फड्को मार्नु हो । त्यसैले यो कार्यक्रमलाई देशव्यापी रुपमा नै सञ्चालन गर्न आवश्यक छ ।

प्रतिक्रिया