भर्खरै

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरले शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : Wed-28-Aug-2019
  • - Admin
title

 
काठमाण्डौ, भदौ ।  युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा निर्माणाधीन ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साढे १० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । 
कम्पनीले सय रुपैयाँमा अंकित १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ । कम्पनीले शेयर निष्कासन अनुमतिका लागि नेपाल धितो पत्र बोर्डमा गत साउन १४ गते आवेदन दिएको थियो । बोर्डबाट स्वीकृत प्राप्त भएलगतै कम्पनीले शेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीले शेयर निष्कासन गरी बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

प्रतिक्रिया