भर्खरै

तल्लो मोदी ‘१’ का आन्दोलनरत कर्मचारी सहमति पछि काममा फर्किए

  • प्रकाशित मिति : Wed-28-Aug-2019
  • - Admin
title
 
पर्वत, भदौ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत आयोजना निर्माणको क्रममा विभिन्न माग राख्दै आएका  आन्दोलनरत कर्मचारीहरु पुन काममा फर्किएका छन् ।  आयोजना प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड र आन्दोलनरत कर्मचारीका बीचमा सहमति भएपछि काममा फर्किएका हुन् । 
 
जिल्ला प्रशासनकार्यालय पर्वतको पहलमा भएको सर्वपक्षीय छलफलका क्रममा कर्मचारीको तलववृद्धि, बिमा लगायतका विषयमा आयोजना प्रवद्र्धक र कर्मचारी बीच सहमति सहमतिसँगै दुई दिनदेखि बन्द रहेको विद्युत उत्पादन शुरु भएको हो । कार्यरत कर्मचारीको  सहमति अनुसार मासिक तलबमा १२ प्रतिशतका दरले वृद्धि गर्ने, रु सात लाख बराबरको दुर्घटना बिमा र रु एक लाख बराबरको स्वास्थ्य बिमा गरिने भएको छ । त्यस्तै हरेक कर्मचारीका लागि वार्षिक रु पाँच हजारका दरमा पोशाक भत्ता उपलब्ध गराइने भएको छ ।  
 
श्रम ऐन अनुसार, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको कर्मचारी विनियमावलीमा सुधार गर्ने, कार्यस्थलको सुरक्षा र कामदारको सुरक्षामा समेत ध्यान दिने सहमति भएको छ । कर्मचारीले जोखिमपूर्ण रूपमा काम गर्दै आएको र कार्यस्थलमा पर्याप्त सुरक्षा सावधानी नअपनाइएको विषय उठाउँदै आएका थिए । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड पर्वत कार्यालय र आयोजनास्थलमा गरी ३४ कर्मचारी कार्यरत छन् ।  तीमध्ये २७ कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा थिए । विसं २०६९ देखि व्यावसायिक उत्पादन थालेको यो आयोजना अहिलेसम्म विद्युत उत्पादन गर्ने पर्वत जिल्लाको निजी क्षेत्रको पहिलो जलविद्युत आयोजना हो ।
 
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी नायब उपरीक्षक श्यामु अर्याल, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका निर्देशक उपेन्द्र गौतम, पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा, नेपाल टे«ड युनियन काङ्ग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago