भर्खरै

पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाटको आयोजना निर्माण हुँदै

  • प्रकाशित मिति : Mon-26-Aug-2019
  • - Admin
title
 
रुकुमपूर्व, भदौ । रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षमताको विद्युत आयोजना निर्माण गरिने भएको हो । 
 गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीका अनुसार यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेकोे जानकारी दिए ।  
 गाउँपालिकाको रु पाँच करोड र एशियाली विकास बैंकको रु २८ करोड गरी जम्मा रु ३३ करोडको लगानीमा आयोजना निर्माण गर्ने अध्यक्ष घर्तीले बताए । 
 
एक मेगावाट विद्युत क्षमताको विद्युत उत्पादन गरी गाउँपालिकालाई झिलीमिली बनाई बाहिर विद्युत निर्यात गर्ने उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा अझै विद्युत सुविधा पुग्न सकेको छैन । आयोजना डेढ वर्षभित्र काम सम्पन्न गरिसक्ने गरी एशियाली विकास बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । 
एक मेगावाटको विद्युत आयोजना निर्माण भएपछि ती सबै साना आयोजनालाई पनि राष्ट्रिय प्रशारणमा जोडिन अध्यक्ष घर्तीले बताए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago