भर्खरै

कुलमान घिसिङद्धारा काभ्रेमा विद्युतिय चुल्हो वितरण शुभारम्भ

  • प्रकाशित मिति : Sun-25-Aug-2019
  • - Admin
title
 
काभ्रे, भदौ । काभ्रेको तेमाल गाउँपालिकामा विद्युतिय चेल्हो वितरण शुभारम्भ भएको छ । स्वच्छ भान्सा, स्वस्थ्य परिवारको लागि अधुनिक चुलो भन्ने मुल नाराका साथ तिमाल सामुदायिक विद्युतिकरण सहकारी संस्था लि. ले  विद्युतिय चुल्हो वितरण  शुभारम्भ गरेको हो ।
शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुल्हो वितरण  कार्यक्रम शुभारम्भ गरेका हुन् ।
सहकारीले पहिलो चरणमा आफ्ना ग्राहक रहेका ५ सयभन्दा बढी परिवार ६७ सय रुपैयाँमा इन्डक्सन चुल्होसहित त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के दिएको छ । यसमा जीआईजेड र समादायिक विद्युत उपभोक्ता महासंघको सहयोग गरेको छ ।
 
तेमाल सामुदायिक विद्युत सहकारीले आफ्ना ५५ सय परिवार विद्युतका ग्राहकलाई एलपी ग्याँसको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने बताएको छ । ग्यास भन्दा इन्डक्सन चुल्होको खर्च कम पर्न आउने सहकारीले जनाएको छ । 
कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यो अभियानले देशभित्रै अधिकतम विजुली खपत गर्न सहयोग पुर्याउने बताए ।
इन्डक्सन चुल्हो प्रयोगका लागि तेमालबाट सुरु भएको सामुदायिक प्रयासले अन्य ग्रामीण क्षेत्रका उपभोक्तालाई पनि प्रोत्साहित गर्ने र यसमा प्राधिकरणको साथ रहने उनले बताए ।
 
विद्युतीय सामग्री प्रयोग सँगै नियमित विद्युत आपूर्ति गराउन प्राधिरकणले उत्पादन बढाउने, आपूर्ति सहज गर्ने, सबस्टेन र ट्रान्सर्फमरको क्षमता बढाउने, प्रशारण तथा वितरण लाइनलाई सुधार गर्ने काम द्रुत गतिमा अघि बढाएको उनले बताए । 
कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, सामुदायिक विद्युत उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवली, नेपाल विद्युत प्राधिकरण काभ्रे शाखा प्रमुख रन्जनराज गुरुङ, सामुदायिक विद्युत महासंघका अध्यक्ष संग्रामजीत लामा, गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरु लगायतका उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago