एक दशकपछि माडी खोला पुल निर्माण सम्पन्न,ऊर्जामन्त्री पुनद्वारा पुलको समुद्घघाटन

  • प्रकाशित मिति : Sun-25-Aug-2019
  • - विद्युत संसार संवाददाता
title

रोल्पा ,भदौं । रोल्पाको माडी खोलामा निर्माण भएको पुल करिब १ दशक पछि निर्माण सम्पन्न भएको छ । निर्माण सम्झौता भएको उक्त बहुचर्चित पुल करिब एक दशकपछि सम्पन्न भई ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पुलको उद्घाटन गरेको छन् । 
 
आठ वर्ष पहिले उक्त पुल निर्माणका लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री हृदयश त्रिपाठीले पुनः शिलान्यास गरेका थिए । यस पुल निर्माण सम्पन्न भएपश्चात रोल्पाको सदरमुकाम लिबाङसम्म आउनका लागि पश्चिम क्षेत्रका बासिन्दालाई निकै्र नै सहज भएको छ ।
 
दशक अघि निर्माणका लागि शिलान्यास गरिए पनि निर्माण कम्पनीको लापरबाही र डिजाइनमा आएको समस्या कारण पुल निर्माणमा ढिलाई भएको थियो । डिजाइनको समस्या सुल्झाएर निर्माणका लागि पुनः शिलान्यस गरिए पनि निर्माणे कम्पनीले काम नगरेपछि डेढवर्ष अघि ठेक्का रद्द गरेर अर्को निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।
 
नयाँ निर्माण कम्पनीले जिम्मा लिएको एकवर्ष भित्रै उक्त पुल निर्माण सम्पन्न गरेको हो । उद्घाटन समारोहमा मन्त्री पुनसंगै पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगर लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया