भर्खरै

वाटर एटीएमप्रति आकर्षण बढ्दो

  • प्रकाशित मिति : Fri-23-Aug-2019
  • -
title
ललितपुर,भदौं । १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्छन् । ऊ घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्छन् । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उहाँले पँधेरो (वाटर एटीएम) को प्रयोग गर्ने बताए । 
 
“दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने गर्छ । अब पँधेरो आएसँगै यात्रा गर्दा पानीको समस्या हल भएको छ”, गोपालीले भने, “दिनहुँ रु २५ तिरेर पानी खरीद गर्नुपर्ने बाध्यता थियो । महानगरपालिकाले रु दुईमा चिसो एक गिलास पानी पिउने सुविधा प्रदान गरेसँगै रकमको जोहो पनि भएको छ ।” पँधेरोमा दुईको सिक्का छिराएर गोपालीजस्ता गाःबहाल सडक यात्रा गर्ने कयाँै बटुकले पानी पिउने गरेका छन् । 
 
अर्का १७ वर्षीया सरोज अधिकारी गाःबहाल चोकबाट हिँड्डुल गर्नुहुन्छ । मध्यदिउँसो घाममा सडक वारपार गर्दा निकै प्यास लाग्ने बताउँदै उनले भने, “सधैँ बोतलमा घरबाट पानी बोकेर हिँड्न झन्झट हुन्छ । कामको सिलसिलामा विभिन्न स्थानमा जानुपर्नेजस्ता कारणले समय–समयमा प्यास लाग्छ । प्यास लागे रु २५ खर्च गरेर पिउनुपर्ने बाध्यता थियो । पँधेरोको आवागमन र त्यसको सुविधा पाएसँगै रु १० तिरेरे टन्न एक लिटर पानी पिउन पाएका छौँ ।” सस्तो मूल्यमा दुईको सिक्काले २०० एमएल पानी पिउन पाउँदा दैनिक पानीबाट एक सिसी बराबर रु १५ जोगिने गरेको उनले बताए । 
 
यसैगरी पाटनढोका निवासी ५५ वर्षीया राकेश महर्जन कामकाजको सिलसिलामा गाःबहाल सडक भएर आउनेजाने गर्छन् । घरबाहिर हिँड्दा प्यास लागेमा कि त चिया पसल, होइन भने यसो चिनेको साथीभाई कहाँ गएर पिउनुपर्ने बाध्यतालाई पँधेरोले अन्त्य गरिदिएकामा उनले खुशी व्यक्त गरे । 
 
“पानीको प्रयोग प्रविधिबाट गर्न पाइन्छ भन्ने कुरा मैले जीवनमा कल्पनासमेत गरेको थिइन”, उनले भने, “पानी पिउनुभन्दा पनि कसरी पँधेरोमा भण्डार हुन्छ र झर्छ भन्ने खुलदुलीका साथ समय–समयमा पँधेरोे आउनेछु”, महर्जनजस्ता कयौँ पाका उमेरका मानिसलाई पँधेरोप्रतिको जिज्ञासा बढी प्रश्न गर्ने गरेका बताइएको छ । दैनिक सो सडक हिँड्डुल गर्ने करीब दुई सयदेखि तीन सय बटुवाले पँधेरोको पानी प्रयोग गर्ने सुपिङ इन्टरनेश्नलका पँधेरो चालक अनिल ठकुरीले जानकारी दिए । 
 
“पँधेरो सञ्चालन गरेको एक महिना अवधिभर परीक्षणका लागि निःशुल्क पानी वितरण ग¥यौँ”, उनले भने, “परियोजना सफल भएपछि तीन महीनाअघिबाट न्यूनतम शुल्क लिने गरेका छाँै ।” “सो पँधेरोले लपु महानगरपालिका, सो सडकबाट विद्यालय र क्याम्पस आउनेजाने, व्यापार गर्न हिँड्डुल गर्ने बटुवाका साथै वृद्धवृद्धालाई बढी नै सहयोग पु¥याएको बताइएको छ । 
 
‘तिर्खा लागे पँधेरो जाउँ’ भन्ने नारामा समर्थन जनाउँदै सो प्रविधि लपु महानगरपालिका, काठमाडाँै उपत्यका खानेपानी लिमिटेड, काठमाडाँै उपत्यका पानी वितरण व्यवस्थापन बोर्ड र सुपिङ इन्टरनेश्नलको संयुक्त पहलमा नेपालमा पहिलोपटक भित्र्याएका हुन् । सो प्रविधिको प्रयोग बिहान ८ बजेदेखि राति ८ बजेसम्म जोकोहीले गर्न पाउँछन् । 
 
सो पँधेरोमा बग्रेमा तीन महिनासम्म मर्मत सम्भार गर्ने जिम्मेवारी सुपिङ इन्टरनेशनको थियो । सो अवधि पूरा भइसकेपछि पुनः सो प्रविधि बनाउने तीन महिनाको अर्काे थप जिम्मेवारी सुपिङले नै पाएको अध्यक्ष प्रतीक भुजुले बताउनुभयो । महानगरपालिकामा पाँच हजार, दुई हजार, एक हजार ५०० लिटरका तीन पानीट्याङ्की छन् । सो पानीट्याङ्कीमा पानी सकिएपछि सूचना आउँछ, अनि काठमाडाँै उपत्यका खानेपानी लिमिटेडअन्तर्गतका ललितपुरको भँैसेपाटी र महाँकालचौरबाट कम्पनीले पँधेरोमा पानी भण्डारण गरिदिने काठमाडाँै उपत्यका पानी वितरण व्यवस्थापन बोर्डका इञ्जिनीयर नवीन तिवारीले जानकारी दिए । 
 
लपु महानगरपालिकामा पानी पँधेरो (वाटर एटीएम) को सुविधा हुनुका साथै बीउ एटीएमको पनि सुविधा पाइन्छ । यी दुवै वस्तु नेपालमा यसभन्दा अगाडि भित्रिएका थिएनन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago