भर्खरै

ऊर्जामन्त्री पुन र जापानी राजदूतबीच बुधबार सिंहदरबारमा भेटवार्ता

  • प्रकाशित मिति : Thu-22-Aug-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,भदौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा जाजरकोट स्थित ४१७ मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत आयोजनाबारे छलफल भएको थियो । वार्तामा ऊर्जा र जलस्रोत तथा द्विपक्षीय हितको क्षेत्रमो सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटवार्तामा मन्त्री पुनले नलसिंगाड जलविद्युत् परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको बताए ।  विगतमा कुलेखानी परियोजनादेखि नलसिंगाडसम्म जापान सरकारको सहयोगमा बनेको भन्दै उनले धन्यवाद व्यक्त गरे ।
भेटवार्तामा जापानी राजदूतले नलसिंगाड परियोजना जाइकाले पिपिपी मोडलमा अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्धका साथै ऊर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।
उनले जापान नेपालको भरपर्दो विकास साझेदार मुलुक भएको उल्लेख गर्दै नेपाल अहिले लगानीका लागि उपयुक्त वातावरण बनेकाले लगानीको गर्न जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया