भर्खरै

जलविद्युत् आयोजना जीर्ण

  • प्रकाशित मिति : Wed-14-Aug-2019
  • - रासस
title
डडेलधुरा ,साउन । झण्डै ३३ वर्ष पहिले निर्माण भएको सेल्टुना सिँचाइ तथा जलविद्युत् आयोजना जीर्ण बनेको छ । जिल्ला सदरमुकामदेखि १३ कोष टाढा भागेश्वर गाउँपालिकाको रुपालमा रहेको सो योजना मर्मत हुन नसक्दा जीर्ण बनेको हो ।
 
विसं २०३८ मा करीब रु १५ करोड लगानीमा रुद्रावती खोलामा निर्माण भएको यस सिँचाइ योजनाबाट १०० किलोवाट क्षमताको रुपालीगाड साना जलविद्युत् आयोजना समेत सञ्चालन गर्ने गरी निर्माण गरिएको स्थानीय लोकराज भट्टले बताउनुभयो । लामो समयदेखि सिँचाइ आयोजना मर्मत हुन नसक्दा विद्युत् उत्पादन गृहसमेत जीर्ण बनेको उनले बताए ।
 
भागेश्वर गाउँपालिका रुपालको सेल्टुना सिँचाइ योजना जीर्ण बन्दै गएपछि उक्त क्षेत्रबाट उत्पादन भइरहको जलविद्युत् आयोजना पनि एक दशक वर्षभन्दा बढी समयदेखि बन्द भएको छ । सिँचाइ योजना जीर्ण बन्दा यस क्षेत्रको करीब १५० हेक्टर खेतीयोग्य जमीन सिँचित हुन नसकेकोे स्थानीय महेश पाण्डेले बताए । 
 
जिल्ला सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान नहुँदै रुपाल क्षेत्रमा बिजुली बलेको थियो । विसं २०३८ मा रुपालको करीब तीन हजार घरधुरीमा विद्युत् आपूर्ति भएको स्थानीयवासी धनसिंह ठकुराठीको भनाइ छ । 
 
विसं २०७२ मा रुपालमा प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको विद्युत् प्राधिकरण कार्यालय डडेल्धुराले जनाएको छ । उक्त सिँचाइ र विद्युत् आयोजना मर्मतसम्भार र संरक्षण हुन नसक्दा विद्युत् राज्यको ठूलो लगानी खेर गइरहेको छ । आयोजना मर्मत गरी विद्युत् पुनःसञ्चालन गर्न बजेट माग गरिएको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago