भर्खरै

पूर्व उद्योगमन्त्री बस्नेतद्धारा उज्यालो भक्तपुर अभियानको शुभारम्भ

  • प्रकाशित मिति : Wed-14-Aug-2019
  • - Admin
title
 
भक्तपुर,साउन । पूर्व उद्योगमन्त्री महेश बस्नेतले ‘उज्यालो भक्तपुर अभियान’को शुभारम्भ गरेका छन् । सोमबार राति सूर्यविनायक नगरपालिकाको गुण्डुचोकबाट खहरेसम्मको दुई किलोमिटर दूरीको मुख्य सडकमा जडान गरिएको ३० वटा सौर्यबत्ती एकैपटक बालेर उनले अभियानको शुभारम्भ गरेकोे हो ।
पूर्व उद्योगमन्त्री बस्नेतले नेपालमा चैत १५ र १६ गते सम्पन्न भएको लगानी सम्मेलनका बेला चिनियाँ कम्पनीसँग आफूले गरेको अनौपचारिक संवादले औपचारिक स्वरुप लिँदा भक्तपुरलाई दीपावलीझैँ सधँै उज्यालो बनाउने अभियानको शुरुवात भएको बताए । उनले भने, “विगतमा धेरै वर्षदेखि लोडसेडिङ्ग लगायतका विभिन्न कारणले अँध्यारोमा बस्न बाध्य थियो तर अब भक्तपुरका बासिन्दाका लागि यो समस्याको अन्त्य भएको भन्दै उनले अब सधैँ तिहारको दिपावलीजस्तो उज्यालोमा बस्न पाउने उनले बताए ।  
भक्तपुरको गुण्डु ‘मर्निङवाक’ गर्नेमात्र नभई अबका दिनमा ‘इभिनिङवाक’ गर्ने ठाउँको रूपमा पनि परिचित हुनेछ भन्दै उनले भक्तपुरको कामबाट प्रभावित भई सहयोगी दाताहरु विकासका लागि सहयोग गर्न खोज्दै आउने गरेको बताएका छन् ।  “केही वर्षअघिसम्म विकास खोज्दै भक्तपुर भौँतारिन्थ्यो, अबका दिनमा भक्तपुरले विकास खोज्ने होइन, विकासले भक्तपुर खोज्दै आउन थालेको छ, अब भक्तपुरले विकासमा तीव्ररुपमा फड्को मार्नेछ ”, उनले भने । 
कार्यक्रममा वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकालाई उज्यालो बनाउने अभियान गुण्डुबाट शुरु भएको बताए । चिनियाँ कम्पनी ग्यान्सु नेचुरल इनर्जी रिसर्च इन्स्टिच्युटको रु २५ लाखको लगानीमा सडकमा सौर्यबत्ती जडान गरिएको सापकोटाले बताए । उनले बत्तीजडित सडकको सरसफाइ गर्दै यसलाई हरियाली बनाउने अभियानसमेत अगाडि बढाइने बताए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago