भर्खरै

दूधकोसी आयोजनाको डीपीआर अन्तिम चरणमा

  • प्रकाशित मिति : Wed-14-Aug-2019
  • - Admin
title

 
खोटाङ , साउन । ६ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेसी गाउँपालिका–३ लामीडाडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा दूधकोसी आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको हो ।डीपीआरको काम तिव्र गतिमा भइरहेकोले आगामी कात्तिक र मंसिरभित्र पूरा भइसक्ने आयोजना प्रमुख वसन्त श्रेष्ठले बताए । आयोजनाको फिजिबिलिटी प्रतिवेदन, संरचनाको विस्तृत मस्यौदा, बोलपत्रको मस्यौदा लगायतको विज्ञ समूहद्वारा अध्ययन भएको  उनले बताए । उनका अनुसार टिओआर र स्कोपिङ, वातावरणीय प्रभाव मुल्यांकन (आईईई)लगायतका काम भइरहेको बताए । 
 
इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए इन एसोसिएसन विथ न्युजेक नामक कम्पनीले डीपीआर गरिरहेको छ । सो कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनियरिङ ढाँचा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम सुरु गरेको हो । लामीडाडाको रभुँवाघाटमा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङ मार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ । 
 
रभुँवाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा १०, खोटाङतर्फको रावाखोलामा ८ र ओखलढुंगाको ठोट्नेखोला किनारमा ४ किलोमिटर क्षेत्रफल डुबान हुने अनुमान छ ।  आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया