भर्खरै

मिस्त्रि खोला जलविद्युत आयोजनाको काम ९० प्रतिशत सकियो,असोज मसान्तबाट विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Sun-11-Aug-2019
  • - विद्युत संसार साप्ताहिक
title
काठमाण्डौं,साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रि खोला जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । रोवस्ट इनर्जी प्रा.लि.ले २०७३ साउनदेखि शुरु गरेको सोे आयोजनाबाट आगामी असोज मसान्त सम्ममा विद्युत उत्पादन हुने भएको हो ।  
नीलगिरि र घलेम्दी खोलाको दोभानमा बाँध रहेको यस आयोजनाको दुई हजार ३०० मिटर सुरुङमागबाट ल्याइने पानीलाई २८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालिगण्डकी नदीको किनारमा रहने विद्युत गृहमा खसालेर विद्युत् उत्पादन हुने भएको आयोजनाले जनाएको छ । 
यसअघि आयोजनाबाट भदौदेखि विद्युत उत्पादन गर्ने तालिका थियो । तर सुरुङ ढलानका क्रममा समस्या देखिएपछि उत्पादन तालिका एक महिना लम्बिएको व्यवस्थापक विजेन्द्रलाल राजभण्डारीले बताए । उनका अनुसार बाँध क्षेत्रको निर्माण पूरा गरी अहिले सुरुङ र विद्युतगृहमा समानरूपले काम भइरहेको छ । खनेर सकिएको २.३ किलोमिटर लामो मुख्य सुरुङमा ढलान भइरहेको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम धमाधम भइरहेको छ । सो आयोजना सम्पन्न गर्न ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago