भर्खरै

तीन वर्षको वारेन्टी सहित एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा

  • प्रकाशित मिति : Sun-11-Aug-2019
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं , साउन । नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ ।
कम्पनीले शुक्रबार काठमाण्डौंंको सोल्टी क्राउन प्लाजामा एक कार्यक्रमको आयोजना गरी एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र ई.थ्री इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थितिमा एम्प्लिफाई प्लस ब्राण्डका एलईडी टिभीहरू नेपाली बजारमा भित्रिएको घोषणा गरेको हो । उक्त टीभीको ब्राण्ड एम्बासडर राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल रहेका छन । 
 
भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्र्तराष्ष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ ।
 
एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन्, जसको स्क्रिन रिजोल्यूशन १३६६ह७६८ पिक्सेल छ । त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर रहेको कम्पनी ई.थ्री इलेक्ट्रोनिक्स प्रा.लि.का डाइरेक्टर संजय श्रेष्ठले बताए । उनले भने यो टिभी अन्र्तराष्ट्रिय ब्राण्डका ब्राण्डेड टिभीहरु भन्दा गुणस्तरमा कुनै पनि कमी नरहेको र साधारण किसिमका व्यक्ति तथा धनाढ्य दुवैको लागि प्रयोग गर्न उपयुक्त हुने गरी बजारमा ल्याएको उनको भनाई छ  । 
 
त्यस्तै ई.थ्री इलेक्ट्रोनिक्स प्रा.लि.का सेल्स म्यानेजर रमेश प्याकुरेलले कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको बताए । उनले भने जसमा १३६६ह७६८ पिक्सेलको रिजोल्यूशन छ ,यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् ।
 
एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी  ५० इन्चमा उपलब्ध हुनेछ जसको स्क्रीन रिजोल्यूशन १९२०र१०८० पिक्सेल छ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् ।
 
त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । जसमा अल्ट्रा एचडी ३८४०ह२१६० पिक्सेल स्क्रीन रिजोल्यूशन रहेको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फीचरहरु छन् ।
 
एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।
 
एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ५.१ अपरेटिंग सिस्टममा संचालन हुन्छ भने फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी एन्ड्रोयड ७.० अपरेटिंग सिस्टममा संचालन हुन्छन् । उक्त टीभीहरुमा एम्प्लिफाई प्लस ब्राण्डका सम्पूर्ण टिभीहरुमा ३ वर्षका वारेन्टी रहेको कम्पनीले दावी गरेको छ ।
 
एम्प्लिफाईले नयाँ जेनेरेशनको एलईडी टिभी ल्याएको छ । यी सम्पूर्ण उत्पादनहरु कम्पनीको भारतस्थित प्लान्टमा अन्तराष्ट्रिय मापदण्डअनुसार परीक्षण गरी सफल भएका छन् । न्यून उर्जा खपत गर्ने यी टिभीहरु वातावरणमैत्री भएको र  मनोरन्जनका लागि उच्चतम डिभाइसको रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 
डल्बी डिजिटल साउण्ड, स्क्रीन मिररिंग प्रविधिसहितका यी टिभीहरुले प्रयोगकर्ताहरुलाई नयाँ अनुभव प्रदान गर्दछ । जसमा यूट्यूब, नेटफ्लिक्स, गूगल प्ले, हटस्टार चलाउन समेत चलाउन सकिने छ । सामसंगको ए प्लस ग्रेडको प्यानल प्रयोग भएका यी टिभीहरु नेपाली बजारमा सूपथ मूल्यमा उपलब्ध भएका छन् ।
कम्पनीले सो टिभीको बिक्रिमा बिक्रेताहरुको लागि लक्षित गरी विभिन्न किसिमका स्कीमहरु समेत व्यवस्था गरिएको छ । 
 

प्रतिक्रिया