भर्खरै

नेशनल हाइड्रोको नाफामा ६ गुणा वृद्धि

  • प्रकाशित मिति : Wed-07-Aug-2019
  • - Admin
title
 
 काठमाण्डौ, साउन । नेशनल हाइड्रो पावर कम्पनीले अघिल्लो वर्षभन्दा ६ गुणा बढी नाफा गर्न कम्पनी सफल भएको छ । कम्पनीले सोमवार गत वर्षको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको गर्दा कम्पनीले सो अवधिमा रू. ९७ लाख ६५ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू. १४ लाख ६७ हजार रहेको थियो । अघिल्लो वर्षभन्दा ६ गुणा बढी नाफा गर्न कम्पनी सफल भएको हो । 
 
गत वर्षको चौंथो त्रैमासमा कम्पनीले विद्युत विक्रीबाट रू. ५ करोड ३९ लाख ५५ हजार आम्दानी गरेको थियो । यस अवधिमा सञ्चालन मुनाफा रू. २ करोड ६७ लाख २३ हजार भएको छ । कम्पनीको शेयरपूँजी रू. १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रहेको छ । जगेडा कोष भने रू. ४० करोड ५२ लाख ९५ हजार ऋणात्मक रहेको देखिन्छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष ऋणलाई कम गरेको छ । अघिल्लो आर्थिक वर्षमा रू. १४ करोड ५५ लाख ९ हजार ऋण रहेकोमा गत वर्ष रू. १० करोड ७५ लाख ९ हजार रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ३ दशमलव २२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago