भर्खरै

नलगाड हाइड्रोपावरको सबै मुआब्जा यही आवमा वितरण गरिने

  • प्रकाशित मिति : Wed-07-Aug-2019
  • - Admin
title
 
जाजरकोट, साउन । जाजरकोटमा निर्माणाधिन ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना प्रभावितको मुआब्जा यही आर्थिक वर्ष भित्र प्रदान गरिने भएको छ ।   रकम अभावका कारण चार वर्षदेखि किस्ता–किस्तामा मात्र वितरण हुँदै आएको जग्गाको मुआब्जा अब भने स्थानीयले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएको हो । सरकारले आयोजना प्रभावितको सबै मुआब्जा दिने गरी २ अर्ब ७२ करोड रकम विनियोजन गरेकोे संघीय वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।  चार वर्षअघिदेखि मुआब्जा वितरणको कार्य सुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरी खोलामा १ सय ५० रोपनी र विद्युतगृह निर्माण स्थलमा पर्ने २ सय ५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो । बाँधस्थलका स्थानीयको जग्गा अधिग्रहण गरी मुआब्जा वितरणको काम सुरु हुने मन्त्री बस्नेतले बताए । 
 
मुआब्जा वितरण भएको स्थानमा पर्ने जमिनलाई प्रतिरोपनीको ४ लाख ७५ हजार रुपैयाँका दरले वितरण गरिएको थियो । अब वितरण हुने मुआब्जाका लागि जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाई नयाँ दररेट तोकेर मापदण्ड बनाउनेछ । केही दिनमै प्रभावित क्षेत्रको जग्गा रोक्का गर्ने कार्य सुरु गरिने नलगाड हाइड्रोपावर कम्पनीले जनाएको छ । जलविद्युत आयोजना निर्माणका लागि १ हजार रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरिने कम्पनीले जनाएको छ । यसअघिका प्रत्येक आवमा थोरै–थोरै रकम विनियोजन हुँदै आएको भए पनि मुआब्जाका लागि पर्याप्त बजेट विनियोजन हुन भने सकेको थिएन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago