भर्खरै

उद्योग तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवद्धारा नेपालकै ठूलो पेट्रोल पम्पको उद्धघाटन

  • प्रकाशित मिति : Wed-07-Aug-2019
  • - Admin
title

 
भैरहवा,साउन । नेपाल आयल निगमद्वारा सञ्चालनमा आउन लागेको भैरहवाको अञ्चलपुरमा रहेको पेट्रोल पम्प गत शुक्रबार देखि सञ्चालनमा आएको छ । उक्त पेट्रोल पम्पकोे उद्योग तथा आपुर्तिमन्त्री मात्रिका यादवले उद्धघाटन गरी सञ्चालनमा आएको हो । पेट्रोल पम्प नेपाल आयल निगमबाट सञ्चालनमा रहेका अन्य पम्पमध्ये ठूलो पेट्रोल पम्प हुने नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले  जानकारी दिए ।
 
 वर्षाको समयमा समेत एकै पटक उक्त पम्पमा ६ वटा गाडीमा डिजेल र पेट्रोल हाल्न मिल्ने आधुनिक पेट्रोल पम्म रहेको बताउँदै पेट्रोल पम्पमा तेल हाल्दै गर्दा अटो विलिङ् हुने भएकोले चुहावट नहुने उनको भनाई रहेको छ ।
पेट्रोल पम्प ३ वटा १६ हजार लिटरका डिजेल ट्यांक र २ वटा पेट्रोल टयांक रहेको  र उक्त पेट्रोलमा २ वटा नोजल र डिजेलमा ४ वटा नोजल जडान गरिएको छ । सोलारबाट चल्ने उक्त पेट्रोल पम्प आयाल नियमले बनाएको पहिलो पेट्रोल पम्प रहेको प्रवक्ता गोइतले बताए ।

प्रतिक्रिया