भर्खरै

२२ मेगावाटको तल्लो हेवाको पनि थप भयो राष्ट्रिय प्रसारण लाइनमा

  • प्रकाशित मिति : Wed-07-Aug-2019
  • - Admin
title

 
फिदिम,साउन ।  पाँचथर जिल्लामा माउन्टेन हाइड्रोपावर लिमिटेडले  निर्माण गरेको २२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा लाइनमा जोडिएकोे छ । साउन ४ गते परिक्षण उत्पादन सुरु गरेको सोे आयोजनाबाट अहिले २२.३४ मेगावाट विद्युत् उत्पादन गर्न सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको हो । सो आयोजनाको विद्युत अहिलेकेन्द्रीय प्रसारण लाइनमा प्रवाह भइरेको छ । 
 
आयोजना निर्माण सम्पन्न भएर विद्युत उत्पादन सुरु भई आम्दानी गर्ने अवस्थामा पुगेकोमा खुसी व्यक्त गर्दै परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने आयोजनाका निर्देशक दीपेन्द्र आङ्बोले बताए । फिदिमस्थित थापाटारको कावेली कोरिडोर सबस्टेसनबाट विद्युत् केन्द्रमा पठाउन थलिएको छ । 
त्यस्तै सिनियर इलेक्ट्रिकल इन्जिनियर नामेश्वर यादवले आयोजनाबाट जेठ र मङ्सिर बीचको ६ महिनासम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने बताउँदै खोलाको पानी घट्ने सिजन मङ्सिर देखि बैशाखको ६ महिना बीचमा १० देखि १२ सम्म उत्पादन हुने बताए ।
 उनका भने यो आयोजना हेवा र फेमे दुई खोलाको पानी जोडेर निर्माण भएको हो । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्नसकिने पानी उपलब्ध रहेको छ तर नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) सँगको सम्झौतामा बाँधिएर २२.३४ मेगावाट मात्र निकालिरहेको उनले बताए । 
 
यस आयोजनाबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युतबाट २२ लाख रुपियाँसम्म आम्दानी हुने कम्पनीले जनाएको छ । हाइड्रोपावर कम्पनीबाट नेविप्राले प्रतियुनिट वर्षायामको चार रुपियाँ ८० पैसा र सुक्खायामको आठ रुपियाँ ४० पैसामा विद्युत् किन्ने सम्झौता भएको छ । आयोजनामा पाँच हजार ३०० मिटर सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ । हेवातिरको इन्टेक फिदिम नगरपालिका ११, नागिन सेजेपा र हिलिहाङ गाउँपालिका ७, भारापाको सीमामा बनेको छ भने पावर हाउस फिदिम ४ को सारान्थामा रहेको छ । तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवा नाकाबन्दी, भूकम्प, आन्तरिक विवादले बीचबीचमा काम रोकिँदा लागत ७० करोड बढेको कम्पनीले जनाइएको छ । 

प्रतिक्रिया