भर्खरै

लगानी बोर्ड बैठक : तमोर जलविद्युत आयोजनाको लागि दुई कम्पनीबीच प्रतिस्पर्धा

  • प्रकाशित मिति : Sun-04-Aug-2019
  • -
title
लगानी बोर्ड बैठकले ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना निर्माणका लागि दुई कम्पनीसँग प्रस्ताव माग गर्ने निर्णय गरेको छ । दुई कम्पनीबाट प्राप्त प्रस्तावको आधारमा आयोजनाको अनुमतिपत्र दिइनेछ ।
 
यो आयोजना नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ । बोर्डको शुक्रबार बसेको ३९ औं बैठकले लगानी सम्मेलनमा परेका पाँचवटा प्रस्तावमध्येबाट दुईवटा कम्पनी छनोट गरी प्रस्ताव माग गर्ने निर्णय गरेको बोर्ड कार्यालयका प्रवक्ता बलराम रिजालले जानकारी दिए। रिजालका अनुसार जलविद्युत् विकास कम्पनी लिमिटेडसँग जेभी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेब्रास पावर कतार होल्डिङसँग जेभी रहेको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड जापानसँग सिलबन्दी प्रस्ताव माग गर्ने निर्णय गरेको हो। चैत १५ र १६ गते काठमाडौंमा आयोजित लगानी सम्मेलनको क्रममा बोर्डले यो आयोजनालाई सोकेसमा राखेको थियो।
 
यी कम्पनीहरूलाई २१ दिने म्याद दिएर प्रस्ताव माग गर्न पत्र पठाइने प्रवक्ता रिजालले जानकारी दिए। ‘यी कम्पनीबाट प्रस्ताव प्राप्त भएलगत्तै मूल्यांकन गरी एउटालाई आयोजनाको जिम्मा दिइन्छ,’ उनले भने, ‘यी दुवै कम्पनीबाट पर्ने प्रस्ताव मूल्यांकनका लागि बैठकले समिति पनि गठन गरेको छ।’ प्रस्ताव मूल्यांकनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा प्राविधिकसहितको समिति गठन पनि गरिएको प्रवक्ता रिजालले जानकारी दिए।
 
 
विद्युत् विकास विभागले तमोर जलाशययुक्त आयोजना अध्ययनका लागि २०७० साउन १६ गते प्राधिकरणलाई अनुमतिपत्र दिएको थियो। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइसकेको छ। ऊर्जा उत्पादनका हिसाबले महत्त्वपूर्ण मानिएको यो आयोजना सन् १९८५ मा जाइकाले पहिचान गरेको हो। कोसी नदी जलस्रोत विकास गुरुयोजना तयार पार्ने क्रममा आयोजनाको पहिचान गरिएको हो। पूर्वी नेपालको तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा बन्ने आयोजना ७६२ मेगावाट जडित क्षमतामा बनाउने सकिने भन्दै प्राधिकरणले विद्युत् विकास विभागमा अनुमतिपत्र संशोधनका लागि निवेदन दिएको भए पनि कुनै निर्णय भइसकेको छैन। प्रारम्भिक अध्ययनअनुसार यो आयोजना सुक्खायाममा दैनिक ८ घण्टा सञ्चालन गर्न सकिन्छ भने वर्षायाममा १६ घण्टा लगातार सञ्चालन गर्न सकिने देखिन्छ। ऊर्जा उत्पादनका हिसाबले यो आयोजना महत्त्वपूर्ण हुने प्राधिकरणले गरेको अध्ययनले देखाएको छ। आयोजनाले सुक्खायाममा १ हजार १ सय ११ गिगावाट आवर र वर्षायाममा १ हजार ८ सय ७२ गिगावाट विद्युत् उत्पादन गर्न सक्छ।
 
आयोजनालाई ७६२ मेगावाट जडित क्षमतामा निर्माण गर्दा यसले ३७ मेगावाटको काबेली ‘ए’ र २१ मेगावाटको तल्लो हेवा आयोजनालाई असर गर्ने देखाएको छ। यी दुवै आयोजना अहिले निर्माणको चरणमा छन्। तमोर आयोजना पूर्ण क्षमतामा निर्माण गर्दा असर पर्ने दुवै आयोजनालाई तमोरले क्षतिपूर्ति दिनुपर्ने हुन्छ। यो आयोजना निर्माण सम्पन्न हुन्जेल काबेली ‘ए’ र तल्लो हेवा सञ्चालन भई सरकारलाई हस्तान्तरणको चरणमा आइसक्ने र केही वर्षको ऊर्जा बराबरको मात्रै क्षतिपूर्ति तिर्नुपर्ने प्राधिकरणको विश्वास छ। प्राधिकरणले आफैंले यो आयोजना अघि बढाउन इच्छा देखाएको भए पनि अघिल्लो वर्ष ऊर्जा मन्त्रालयले आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई भित्र्याउने तयारी गरेको थियो। लगानी सम्मेलनको पूर्वसन्ध्यामा तयार पारिएको सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्ड ऐनले २ सय मेगावाट माथिका आयोजना लगानी बोर्डबाट परिचालन हुने व्यवस्था गरेको थियो।
 
बैठकले दमकमा कार्यान्वयन हुने चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजनाका लागि ६४ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। परियोजनामा ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रियसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्टको लगानी रहनेछ। परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न डमक क्लिन इन्डस्ट्रिज पार्क प्रालिलाई अनुमति दिइएको बोर्ड कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। बैठकले विराटनगरमा निर्माण तथा सञ्चालनका लागि प्रस्तावित मल्टी मोडल लजिस्टिक पार्क परियोजना स्वीकृत गरेको छ। यो परियोजनाको अध्ययनका लागि सीजी लजिस्टिक प्रालिलाई जिम्मा दिइएको बोर्ड कार्यालयले जनाएको छ। बैठकले जकनकपुरमा निर्माण गर्न प्रस्तावित रेलवे लिङड निजी बन्दरगाह टर्मिनल परियोजना स्वीकृत गरी ग्रिन इन्फ्रास्टक्चर प्रालिलाई अध्ययनको अनुमति प्रदान गरेको छ। कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago