भर्खरै

माथिल्लो मिदिम आयोजना निर्माण हुदै

  • प्रकाशित मिति : Wed-31-Jul-2019
  • - Admin
title
 
काठमाण्डौ, साउन ।  ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण हुने भएको छ । सो आयोजना भुजुङ्ग हाइड्रो पावर कम्पनीले निर्माण गर्ने भएको हो । 
 
 आयोजना निर्माण प्रक्रिया अघि बढाउने क्रममा प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन सुरु भएको कम्पनीले जनाएको छ । कम्पनीले वातावरणीय परीक्षण अध्ययनका क्रममा आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, साँस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायरसुझाव मागेको छ । 
 
कम्पनीले सूचना जारी भएको मितिले ३५ दिनभित्र आइपुग्ने गरी सरोकारवालासँग रायरसुझाव मागेको हो । आयोजनाको बाँध मिदिम खोलाको बायाँ र विद्युतगृह दायाँ किनारमा रहने गरी संरचनाको डिजाइन तयार गरिएको छ । विद्युतगृहमा जडान हुने ३.७५ मेगावाट क्षमताका २ वटा टर्वाइनमा ३ फेजका २ वटा जेनेरेटर राखेर आयोजनाबाट विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ । 
२०७८ साउन १ गतेदेखि विद्युत उत्पादन उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गर्ने विद्युत ३३ केभी प्रसारण लाइनमार्फत करिब २० किलोमिटर दुरीको नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिने छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago