भर्खरै

विद्युतीय प्राविधिकको हितका लागि महासंघ

  • प्रकाशित मिति : Wed-24-Jul-2019
  • - Admin
title

 
विद्युतीय क्षेत्र सम्बेदनशील क्षेत्र हो । यस क्षेत्रमा काम गर्न निकै नै असहज छ । काम गर्ने क्रममा प्राविधिकहरुले सामन्य गल्ति गर्ने हो भने पनि यसबाट ठूलो क्षति बेहोर्नु पर्दछ । अहिलेको समयमा विद्युत निकै नै आवश्यक भए पनि यहि विद्युतीय क्षेत्रमा काम गर्ने प्राविधिकहरुलाई सरकारले प्राथमिकता दिएको पाइदैन । विद्युतीय क्षेत्रमा काम गर्ने प्राविधिकहरुको हक  अधिकारका लागि सरकारले खासै चासो नदिएको अवस्थामा विद्युतीय क्षेत्रमा काम गर्ने प्राविधिकहरुको सक्रियतामा हालै  नेपाल विद्युतीय प्राविधिक महासंघको गठन भएको छ । देशभरका १५ जिल्लाका इलेक्ट्रिसियन संघको पहलमा महासंघ गठन भएको हो । 
  
हालै गठन भएको महासंघले विद्युतीय क्षेत्रमा काम गर्ने सम्पूर्ण प्राविधिकहरुको हक अधिकारका लागि काम गर्ने अपेक्षा आम विद्युतीय प्राविधिकहरुले राखेका छन् । विद्युतीय प्राविधिकहरुको हकहितको संरक्षण, स्वरोजगार सिर्जनामा सहयोग, विद्युतीय दुर्घटनाबाट हुन सक्ने क्षती न्यूनिकरण गर्न बीमा लगायत प्राविधिकहरुको समग्र हितका लागि महासंघले कार्य गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । महासंघले जारी गरेको घोषणा पत्रको कार्यन्वयन हुने हो भने विद्युतीय क्षेत्रमा काम गर्ने  प्राविधिकहरुलाई निकै नै सहज हुने देखिन्छ । 
 
हाल विद्युतीय क्षेत्रमा काम गर्ने प्राविधिकहरुले समयमा नै पारिश्रमिक  नपाउने उचित परिश्रमीक नपाउने जस्ता समस्याहरु भोग्दै आएका छन् ती समस्यहरुको समाधनमा महासंघको भूमिका महत्वपूर्ण रहने देखिन्छ । त्यस्तै अहिले विद्युतीय प्राविधिक क्षेत्रमा काम गर्ने प्राविधिकहरु बीच निकै प्रतिस्पर्धा  रहेको छ । काम गर्नेहरुको होड नै रहेको छ । यस्तो अवस्थामा उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि महासंघले  दक्ष तथा प्रमाणपत्रधारी प्राविधिको व्यवस्थाका लागि आवश्यक पहल गर्नु सरकारी संयन्त्रको टड्कारो आवश्यकता देखिन्छ ।   

प्रतिक्रिया