भर्खरै

सुन्दर यातायातले विद्युतीय बस सञ्चालन गर्दै

  • प्रकाशित मिति : Wed-24-Jul-2019
  • - Admin
title

काठमाण्डौ, साउन । सुन्दर यातायातले यहि साउन भित्र विद्युतीय विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सुन्दर यातायातले साउन महीनाभित्र ७ ओटा विद्युतीय बस सञ्चालन गर्ने भएको हो । 
 
विद्युतीय बस सञ्चालनका लागि रुट इजाजत तथा भाडादरबारे निर्णय गर्न भौतिक पूर्वाधार मन्त्रालयले आनाकानी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले  उक्त मन्त्रालयलाई बस सञ्चालन  प्रक्रियामा  आवश्यक सहजीकरण गर्न निर्देशन दिइसकेको छ ।
सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले  प्रधानमन्त्रीको कार्यालयको निर्देशनपछि विद्युतीय बस सञ्चालनको प्रक्रिया अगाडी बढेको बताए । कम्पनीले १५ दिनभित्र पाँच ओटा गाडी नेपाल ल्याइसक्ने बताएको छ । हाल सुन्दर यातायातसँग दुई वटा गाडी छन् । अध्यक्ष थापाका अनुसार आगामी मंसिर महिना भित्र ११ ओटा बस काठमाडौं उपत्यकामा सञ्चालन भइसक्ने छन् । बस सञ्चालनका लागि यातायात विभागसँग रुट तथा सहजिकरण बारे छलफल भइरहेको छ । कम्पनीका अनुसार प्रतिबस रू.१ करोड ८७ लाख खर्च  गरी दुई ओटा बस नेपाल भित्रिसकेका  छन् । यी बस ४० सिट क्षमताका छन् भने ३० जनालाई उभिएर पनि यात्रा गर्न मिल्ने छ । 
 
बसमा इ–पेमेन्टको सुविधा उपलब्ध गराउन सकिने फिचर्स छ । कम्पनीले ल्याएका बसमा जीपीएस तथा एसीको पनि सुविधा छ ।  कम्पनीले ५० मिनेटमै चार्ज भैसक्ने  सुपर पावर चार्जिङ मेसिन पनि  ल्याउने तयारी गरेको छ । बसमा सात वर्षसम्म ग्यारेन्टी दिइएको व्याट्री राखिएका  छन् । यदि व्याट्रीमा कुनै समस्या आयो भने चिनिया विएके कम्पनीले फिर्ता गर्ने प्रतिवद्धता जनाइसकेको कम्पनीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago