भर्खरै

माथिल्लो तामाकोसी आयोजनाबाट चैतमा बत्ति बाल्न कुलमानको निर्देशन

  • प्रकाशित मिति : Mon-22-Jul-2019
  • - Admin
title

 काठमाण्डौ, साउन ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट  आगामी चैत भित्र बत्ति बाल्न निर्देशन दिएका छन् ।  आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समय तालिकाभित्रै निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएको हो ।
 
आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बाँकी ५ युनिटबाट असारभित्रमा (आर्थिक वर्ष २०७६÷७७) विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्न उनले निर्देशन दिएका हुन् । 
 आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ ।  आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । 
 
अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । ३७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा  अब ५ मिटर लम्बाइ र २७ टन तौल भएका अब ७० वटा पाइप जडान गर्न बाँकी छ । माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३१० मिटर हो । 
 
तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङ लगायतका काम गर्न ३६५ घण्टा लागेको थियो । अहिले चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ । कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए । ४ वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तिब्रता दिने आयोजनाको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago