भर्खरै

तामाकोसीले दियो स्थानीयलाई अत्याधुनिक एम्बुलेन्स

  • प्रकाशित मिति : Sun-21-Jul-2019
  • -
title
 काठमाण्डौं,साउन । दोलखा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले स्थानीयलाई एम्बुलेन्स दिएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना प्रभावित बिगू गाउँपालिकालाई अत्याधुनिक एम्बुलेन्स दिएको हो ।
 
 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष कुलमान घिसिङले ९० लाख रुपैयाँ मूल्यको एम्बुलेन्स गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्कालाई आइतबार हन्तान्तरण गरे । स्थानीय बिरामीलाई सहजरूपमा अस्पतालसम्म पुर्याउन कम्पनीले कच्ची सडकमा पनि सजिलै चल्न सक्ने एम्बुलेन्स गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकालाई दिइएको एम्बुलेन्सबाट बिगूसहित उत्तरी दोलखाका गौरीशंकर र कालिन्चोक गाउँपालिकाले सेवा पाउने अध्यक्ष खड्काले बताए । एम्बुलेन्समा अत्याधुनिक उपकरण जडान भएकाले मुटुका बिरामीलाई पनि यही एम्बुलेन्सबाट अस्पताल पुर्याउन सकिने उनले बताए । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगतको बजेट खर्च गरी स्थानीयलाई एम्बुलेन्स दिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । 
 
उनका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना प्रभावित क्षेत्रमा पूर्वाधारण विकास तथा विद्युतीकरणको काम आयोजनाले गर्दै आएको छ । जिल्लाको उत्तरी भेगमा कच्ची सडकमा चल्ने एम्बुलेन्समा बिरामीको यात्रा कष्टकर हुने गरेको छ । वर्षामा हिलाम्मे सडकमा एम्बुलेन्स बिचबाटोमै बिग्रने समस्याले पनि स्थानीयलाई सास्ती हुने गरेको छ । तर, आयोजनाले दिएको एम्बुलेन्समा जस्तोसुकै सडकमा चल्नसक्ने हुँदा प्रभावकारी सेवा दिने स्थानीयको विस्वास छ । ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago