भर्खरै

विपत्ती न्यूनिकरणका लागि बलियो संरचना आवश्यक

  • प्रकाशित मिति : Wed-17-Jul-2019
  • - Admin
title

 
हरेक वर्ष वर्षायममा  आउने बाढी पहिरोका कारण नेपालले धनजनको ठूलो क्षती बेर्होनु परेको छ ।  बाढी पहिरोका कारण मुख्य रुपमा तराई क्षेत्र बढी प्रभावित हुने गरेको छ । हरेक वर्ष तराई क्षेत्रमा बाढीका कारण  सयौले ज्यान गुमाउनु परेको  छ ।  यो वर्ष पनि ६० जना भन्दा बढीले बाढीका कारण ज्यान गुमाएका छन् भने कयौँ अझै बेपत्ता छन् ।  बाढीका कारण मानवीय मात्र नभई ठूलो भौतिक क्षति पनि बेहोर्नु परेको छ । सरकारले वर्षेनी जलविद्युत,  सडक, खानेपानी, पुल लगायतका भौतिक संरचनामा  क्षति बेहोर्दै आएको छ ।  
लगातार परेको अविरल वर्षाका कारण देशभरका विभिन्न विद्युत उत्पादन केन्द्र, वितरण लाइन र प्रसारण लाइनमा क्षति पु¥याएको छ  भने विद्युत सेवा अवरुद्ध भएको छ । वर्षाका कारण करीव ६० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । जलविद्युत उत्पादन केन्द्र, प्रशारणलाइनमा ठूलो क्षति पुगेको छ भने विभिन्न स्थानमा पोलहरु ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ । बाढीका कारण तराई तथा पहाडमा वर्षेनी यस्ता समस्या हुने गरेको छ । बाढीका कारण हुने यस्ता घटना तथा समस्याबाट बच्नका लागि नेपाल सरकार तथा प्रभावित क्षेत्रका स्थानीयले समयमा सचेत हुन जरुरी छ । वर्षा हुनु पूर्व तथा बाढी आउनु पूर्व जानकारी हुन जरुरी छ । बाढी तथा वर्षाको पुर्व सूचना भएको खण्डमा केही हद सम्म भए पनि  क्षति कम गर्न सकिन्छ । त्यस्तै  वर्षेनी लाखौँ क्षती बेहोर्नु भन्दा बलियो भौतीक संरचनाहरु निर्माण गर्न सकेको खण्डमा दुर्घटना कम गर्न सकिन्छ ।  यस प्रति सरकारले आवश्यक पहल गर्नु पर्दछ ।

प्रतिक्रिया