भर्खरै

सिंगटी हाइड्रोको शेयर निष्कासनको जिम्मा मेगा क्यापिटललाई

  • प्रकाशित मिति : Wed-17-Jul-2019
  • - Admin
title

 
 काठमाण्डौ, असार । सिंगटी हाइड्रो इनर्जी कम्पनीले  निर्माण गरीरहेको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाको साधारण सेयर निष्कासनको जिम्मा मेगा क्यापिटल मार्केट्सलाई दिएको छ ।   आयोजनाको ४३ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरेर जिम्मेवारी दिएको हो ।
शेयर निष्कासन तथा बाँडफाँड गर्न कम्पनी र मेगा क्यापिटलबीच बिहीबार सम्झौता भएको छ । सम्झौतामा कम्पनीका कार्यकारी निर्देशक गणेश कार्की र मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित ४३ करोड ५० लाख रुपैयाँ मूल्यको बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । निष्कासन हुने साधारण सेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो । निष्कासन हुने कुल सेयरमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । यो स्वपुँजी लगानीको १० प्रतिशत स्वामित्व हो । यस्तै, सर्वसाधारणका लागि २० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्कासन हुनेछ । 

प्रतिक्रिया