जनता केबुलको आगो नलाग्ने धुँवारहित FRLS तार सार्वजनिक

  • प्रकाशित मिति : Wed-17-Jul-2019
  • - Admin
title

 
चितवन, असार । विगत चार दशक नेपाली विद्यु्तीय बजारमा आफ्नो छुटै  इतिहास बनाउन सफल  जनता केबुलले मानव स्वास्थ्यलाई असर नपर्ने धुवाँरहित तार (FRLS )  सार्वजनिक गरिएको छ ।  चितवनको सौराहामा भएको  नेशनल डिलर्स मिट २०१९ कार्यक्रम बीच  जनता केबुलले उक्त केबुल सार्वजनिक गरेको हो ।
अन्र्तराष्ट्रिय बजारमा प्रयोग हुँदै आएको FRLS तार नेपालमा नै उत्पादन गरिएको  जनता केबलका अध्यक्ष पवन अग्रवालले जानकारी दिए । तारका कारणले कुनै क्षति नहोस् भन्ने उद्देश्यले नयाँ प्रविधि मार्फत धूवाँरहित तार उत्पादन गरिएको उनले बताए । धेरै जसो दुर्घटनामा तार सर्ट हुँदा निस्किने धुँवामा गुम्सिएर मानिसको ज्यान जाने गरेको छ तर यसबाट निस्कने धुँवाले कुनै असर नगर्ने जनता केबुलका जनरल म्यानेजर किशोर घिमिरले जानकारी दिए ।
 
जनता केबुलले हाउसवयारिङ, टेलिफोन वायर, लो भोल्टेज हाइ भोल्टेजको पावर केबुल लगायत सबै प्रकारका केबुल उत्पादन गर्दै आएको छ  । जनता केबुलले हाल नेपाली बजारमा ४५ प्रतिशत बजार हिस्सा ओगटेको छ भने ४५ भन्दा बढि जिल्लामा जनता केबुलद्धारा उत्पादित केबुलहरु पुगेका छन् । अत्याधुनिक प्लाण्ट र मेशिनरी दक्ष अनुभवी  जनशक्ति तथा प्राविधिकहरु द्धारा जनता केबुल उत्पादन हुँदै आएको छ । त्यस्तै कार्यक्रममा जानभी मार्केटिङले शतप्रतिशत आगो नलाग्ने स्वीच र सकेट सार्वजनिक गरेको थियो । जानभीले चीनबाट आगो नलाग्ने एमजी गोल्ड र पीजी गोल्ड नामक इलेक्ट्रोनिक स्वीच र सकेट नेपाल भित्र्याएको हो । जानभीका अध्यक्ष दिलिप अग्रवालले आगो लाग्ने समस्याले आजित बनेका नेपाली उपभोक्तालाई सहज हुने गरी पहिलो पटक स्वीच र सकेट नेपाल ल्याइएको जानकारी दिए । यो सकेट र स्वीच अन्य भन्दा केही महंगो पर्ने भए पनि सुरक्षित रहेको जानभी मार्केटिङले जनाएको छ । कार्यक्रममा देशभरबाट डिलरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो क्रममा डिलरहरुका लागि विभिन्न अफरहरु घोषणा गरिएको थियो । जनता केबुलका जनरल म्यानेजर किशोर घिमिरले निश्चित मापदण्ड बनाई जनता केबुल र जानभी मार्केटिङले डिलरहरुको लागि अफर घोषणा गरिएको बताए । उनले एक वर्ष अवधिमा कम्पनीको लक्ष्य पुरा गर्ने डिलरहरुका लागि सुन उपहार दिइने बताए ।  यो अफर यही साउनदेखि आगामी असारसम्म लागु हुनेछ उनले जानकारी दिए ।यस्तै कार्यक्रममा आर्थिक वर्ष २०७५÷७६ भित्रका उत्कृष्ट बिक्रेताहरुलाई सम्मान गरिएको थियो । जनता केबुलको उत्कृष्ट बिक्रेता मध्येमा प्रथम कृतिका बिजुली पसल काठमाण्डौले प्राप्त गरेको थियो । पसल संचालक रुपक धिताललाई पुरस्कार स्वरुप बजाजको १५० सिसिको पल्सर मोटरसाईकल प्रदान गरिएको छ । यस्तै दोस्रो स्थान केसी इलेक्ट्रोनिक्स धरान र तेस्रो स्थान न्यू बैदेही इलेक्ट्रोनिक्स जनकपुरले हासिल गरेको छ । दोस्रो भएका केसी इलेक्ट्रोनिक्सका हरि केसीलाई ५५ इन्चको सामसुङ टेलिभिजन र तेस्रो भएका न्यू बैदेही इलेक्ट्रोनिक्सका संचालक अमन अग्रवाललाई सुनको सिक्री प्रदान गरिएको छ । कम्पनले प्रोत्साहन पुरस्कार स्वरुप न्यू बैदेही इलेक्ट्रोनिक्सका संचालक अमन अग्रवाललाई पनि बजाजको पल्सर मोटरसाईकल प्रदान गरेको हो ।
 
  त्यसैगरी कार्यक्रममा जानभी मार्केटिङको तर्फबाट पनि एक वर्ष अवधिमा उत्कृष्ट बिक्रेताहरुलाई पुरस्कृत गरिएको थियो । प्रथम स्थान हासिल गरेका नेपाल इलेक्ट्रिकल्स बुटवलका अनन्तमान थैवलाई बजाज १५० सिसिको पल्सर मोटरसाइकल, दोस्रो भएको शाक्य मेसिनरी बनेपाका दीपेश शाक्यलाई ५५ इन्चको सामसुङ टिभी र तेस्रो भएको ब्लु डायमण्ड इलेक्ट्रोनिक्स काठमाण्डौका नविन बैराठीलाई सुनको सिक्री प्रदान गरिएको छ । कार्यक्रममा जनता केबुलका निर्देशक मनोहर अग्रवाल, आगो नलाग्ने स्वीच र सकेट उत्पादन कम्पनि चीनका प्रतिनिधि आरजे चेङ र क्रिष्टिना लगायतको उपस्थिति रहेको थियो भने चर्चित हास्यकलाकार मनोज गजुरेल र गायक कमल खत्रीले मनोरञ्जन प्रदान गरेका थिए । 

प्रतिक्रिया