भर्खरै

कुलेखानी पूर्ण क्षमतामा चलाउदा भारत बाट आयतित विद्युत घट्यो

  • प्रकाशित मिति : Tue-16-Jul-2019
  • - Admin
title

काठमाण्डौ,असार । कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) जलविद्युत आयोजना पूर्ण क्षमतामा चलाउदा  भारतबाट आयतित विद्युत घटेको छ । इन्द्र सरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएसँगै आयातित विद्युत घटेको  हो ।
 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कुलेखानीको जलाशय अघिल्ला वर्षहरुमा असोजमा मात्र भरिने गरेकोमा यस वर्ष असारमै भरिएपछि बाँध खोल्नु नपरोस् भनी आयोजनालाई पूर्ण क्षमतामा चलाइएको बताए । 
प्राधिकरणले वर्षातको समयमा कुलेखानीको विद्युतगृह नचलाई राख्ने गरेको थियो । कुलेखानी वर्षाको पानी जम्मा गरी मुख्य रुपमा विद्युतको अधिक माग हुने हिउँदमा मात्रै चलाउने आयोजना हो । विद्युतको आवश्यक परेको बेला प्रणालीलाई सन्तुलन कायम गर्न मात्रै कुलेखानी चलाइन्छ । अहिले असारमै पानी भरिएपछि कुलेखानीलाई पूर्णक्षमतामा चलाई भारततर्फको विद्युत आयात घटाइएको घिसिङले बताए । 
कुलेखानी पहिलो विद्युतगृह पूर्ण क्षमतामा चलाउँदा एक घण्टामा जलाशयको पानीको सतह २ सेन्टिमिटर घट्ने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार अहिले ढल्केबर(मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनबाट करिब १५० मेगावाट मात्र विद्युत आयात भइरहेको छ । अविरल वर्षका कारण तराईमा विद्युत माग घटेको प्राधिकरणले बताएको छ । अहिले देशभर करीब ६ सय मेगावाट मात्रै माग रहेको छ । 

प्रतिक्रिया