भर्खरै

मजदुर आन्दोलनले रोकियो मध्यमोदी जलविद्युत आयोजनाको काम

  • प्रकाशित मिति : Wed-10-Jul-2019
  • - Admin
title

 
पर्वत, असार । पर्वत जिल्लामा निर्माणाधिन १४.५ मेगावाटको मध्यमोदी जलविद्युत आयोजनाको काम अहिले रोकिएको छ । जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले तलब नपाएको भन्दै आन्दोलन गरेपछि आयोजना निर्माणको काम पुन  पनि रोकिएको हो । सो जलविद्युत आयोजनामा कार्यरत झन्डै २०० मजदुरले पाँच दिनदेखि आफूको तलब पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । यस भन्दा पहिले प्रभावित क्षेत्रका बासिन्दा हरूको आन्दोलनका कारण झन्डै आयोजनाको काम दुई सातासम्म बन्द रहेको थियो । आयोजनाको काम गत जेठ २५ गतेबाट मात्र सुचारु भएको थियो तर फेरि कार्यरत मजदुरको आन्दोलनका कारण सुचारु भएको एक महिना नपुग्दै आयोजनामा अवरोध उत्पन्न भएको छ । पटक पटकका आन्दोलनमा कर्मचारीहरूलाई समयमा नै तोकिएको तलब उपलब्ध गराउने भनी सहमति भएपनि पछिल्लो छ महिनादेखि आफूहरुले पारिश्रमिक नपाएको भन्दै आयोजनाको काम नै बन्द गराएर आन्दोलनमा उत्रनु परेको मजदुरहरुको भनाई छ । 
 
मजदुर युनियनका अध्यक्ष रामजी शर्माका अनुसार छ महिनादेखि मजदुरले तलब नपाएका कारण बाध्यताले नै आन्दोलनमा उत्रिन ुपरेको बताए । ‘यति लामो समयसम्म पनि हामीलाई तलब उपलब्ध गराइएको छैन । आयोजनाले हामीलाई तलब समयमा नदिएर हामीमाथि अन्याय गरिएको छ’ उनले भने, ‘हामीले अहिलेसम्म काम गरेको तलब नपाएसम्म काममा नफर्किने र आन्दोलन लाई जारी राख्ने निर्णय गरेका उनले बताए । हाम्रो तलबबाट काटेर सञ्चय कोषमा जम्मा गर्ने भनिएको रकम पनि जम्मा गरिएको छैन ।’ छ महिना अगाडिसम्म बुझेको तलबबाट मजदुरको सञ्चयकोषमा जम्मा गर्ने भनी रकम काटिएको भए पनि सञ्चयकोषमा भने उक्त रकम दाखिला नगरिएको शर्माको भनाई छ । 
 
मजदुरको आन्दोलनका कारण आयोजनाको काम ठप्प रहेकोले आयोजना र मजदुरको बीचमा सहमति गराएर काम सुचारु गराउने प्रयास भइरहेको आयोजना रहेको मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले बताए । आयोजनाको काम जुन कुनै हालतमा पनि सुचारु गर्नु पर्छ भन्ने आशयका साथमा दुवै पक्षका बीचमा गाउँपालिकाले मध्यस्थताको काम गरिरहेको पनि उनको भनाई छ ।  
चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको निर्माण कार्य २०७१ मंसिरमा सुरु गरिएको थियो । निर्माण प्रारम्भ गरेको ३ वर्ष अर्थात् ०७४ मंसिरभित्र काम सक्ने लक्ष्य लिइएको भए पनि आयोजनाको काम अझै सकिन सकेको छैन । प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीको पटक पटकको आन्दोलन, भूकम्प, आयोजना निर्माण भइरहेको मोदी खोलामा आउने बाढी लगायतका अवरोधका कारण आयोजनाको काम ढिला हुँदै गइरहेको छ । आयोजनामा अहिले पावर हाउस निर्माण गर्न काम चलिरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago