भर्खरै

घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा

  • प्रकाशित मिति : Fri-05-Jul-2019
  • - रासस
title
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । 
 
आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए । उनका अनुसार आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप, ‘सर्ज ट्याङ्क’, बाँध, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेण्डर बेसिनलगायत विद्युत् उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएपछि आयोजना अन्तिम अनुगमनसहित परीक्षण उत्पादनको तयारीमा जुटेको हो ।
 
म्याग्दीमा निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक २०७१ सालबाट निर्माण थालिएको आयोजनाको सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ ।
 
आयोजनाको पहिलो चरणमा उत्पादन भएको विद्युत्लाई दानामा सबस्टेशन निर्माणाधीन अवस्थामै रहेकाले तातोपानी साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माणाधीन दाना सबस्टेशन सञ्चालनमा नआउन्जेलसम्म तातोपानी साना जलविद्युत् आयोजनाको प्रसारण लाइनमार्फत नै प्रसारण गरिने कम्पनी सचिव रिजालले बताए ।
 
आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले खरीद गर्नेछ । वार्षिक साढे १८ करोड रुपैयाँ बराबरको विद्युत् खरीद गर्ने प्राधिकरणले बर्खायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरीद गर्ने उल्लेख छ ।  
 
म्याग्दीका उद्योगी, व्यवसायी र सर्वसाधारणको गरी कूल रु ९२ करोड लगानीमा शुरु गरिएको घलेम्दी जलविद्युत् आयोजनाको लागत बढेर रु १२० करोड पुग्ने अनुमान गरिएको जलविद्युत् आयोजनाका कम्पनी सचिव रिजालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago