भर्खरै

४२ परिवारलाई निःशुल्क सोलार वितरण

  • प्रकाशित मिति : Fri-05-Jul-2019
  • - Admin
title

संखुवासभा, असार । सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ ।  विद्युत सेवा नपुगेको गरिव र विपन्न परिवारलाई राहतको अनुभूति दिलाउने उद्देश्यका साथ गाउँपालिकाले निःशुल्क रूपमा सोलार वितरण  गरेको हो । 
 
गाउँपालिकाका अतिविकट मानिने टुम्सीकुर, आपुङ, पाँचतला, इथुक्बु सिदेक्पुलगायत दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको सभापोखरी–६ का वडाध्यक्ष विकास पौडेलले जानकारी दिए । 
निःशुल्क सोलार सेट पाएपछि  स्थानीयबासीमा खुसीयली छाएको छ ।  । वर्षाैंसम्म रातको समयमा उज्यालो नदेखेका बालबालिका र वृद्धवृद्धा हर्षित भएका छन् ।  
 
सभापोखरी गाउँपालिकामा २७ किलोवाटको सभाखोला लघुजलविद्युत् आयोजना र १५ किलोवाट क्षमताको चिन्ठे खोलाबाट विद्युत उत्पादन भए पनि ग्रामीण भेगसम्म विद्युत विस्तार हुन नसक्दा सभापोखरीका धेरै जनता अहिले पनि अन्धाकारमा जीवन गुजारिरहेका छन् । 
गाउँपालिकाले प्रतिपरिवार ११ हजारका दरले ४२ परिवारलाई ४ लाख ७३ हजारको लगानीमा निःशुल्क सोलार सेट वितरण गरेको सभापोखरीका उपाध्यक्ष सीता दाहालले बताए । उनले आगामी दिनमा समेत अन्य विपन्न घरपरिवारलाई राहत स्वरुप निःशुल्क सोलार वितरण गरी सिंगो गाउँपालिकालाई अन्धकारमुक्त गाउँपालिका बनाउने योजना रहेको बताए ।

प्रतिक्रिया