भर्खरै

तल्लो खारेखोलाको ९२ प्रतिशत काम सम्पन्न, साउन अन्तिम साताभित्र विद्युत उत्पादन गर्ने लक्ष्य

  • प्रकाशित मिति : Thu-04-Jul-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौं,असार । दोलखाको गौरीशंकर गाँउपालिकामा ५ मा निर्माणाधिन  ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजनाको काम ९२ प्रतिशत सम्पन्न भएको छ । युनिभर्सल पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत सम्पन्न भएको हो ।  
 
 
आयोजनाका  प्रबन्धक अनुप थापाका अनुसार २०७३ सालदेखि सुरुवात भएको आयोजनाको काम हालसम्म आइपुग्दा लगभग ९२ प्रतिशत काम सम्पन्न भईसकेको छ । उनले विद्युत संसारसँगको कुराकानीमा भने  २०७६ साउन अन्तिम सम्ममा परिक्षण उत्पादन शुरु हुन्छ यदि साउन अन्तिम साताभित्र परिक्षण उत्पादन नभए दशैंसम्ममा विद्युत उत्पादन हुने उनले बताए ।  १ सय ४० मिटर ग्रस हेड  भएको आयोजनाको बाँध गौरीशंकर–६ दुम्सिदिङ्मा निर्माण भएको र हेडवक्र्सदेखि पावरहाउस सम्म पानी ल्याउन ३.३ किलोमिटर स्टिल पेनस्टक पाइप जडान कार्य सम्पन्न भईसकेको प्रबन्धक थापाले जानकारी दिए । 
 
हेडवक्र्समा बाँध,बालुवा थिग्राउने पोखरी, इन्टेक लगायतका कामहरु सम्पन्न भई बालुवा थिग्राउने पोखरी समेत परिक्षण भईसकेको  र विद्युत गृह भित्र जेनेरेटर टवाईनको जडान कार्य द्रुत गतिमा भईरहेको आयोजनाले जनाएको छ ।  
सो आयोजनाबाट उत्पादित विद्युत सिंगटी सबस्टेशनमा जोडिने छ । आयोजनामा बैक अफ काठमाण्डौंको नेतृत्वमा ऋण लगानी छ । आयोजनाको कुल लागत२ अर्ब ४ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ ।  

प्रतिक्रिया