झोलुंगे पुलमा सौर्यबत्ती जडान

  • प्रकाशित मिति : Thu-04-Jul-2019
  • - Admin
title

 
कञ्चनपुर, असार । भीमदत्त नगरपालिका रहेको एसियाकै नमुना मानिनने महाकाली नदीमाथि निर्मित ‘मल्टिस्पान पेडेस्ट्रेन’ झोलुंगे पुलमा पर्यटकको आकर्षण बढाउन सौर्यबत्ती जडान गरिएको छ ।
झोलुंगे पुल सौन्दर्यीकरण कार्यक्रम अन्र्तगत नेपाल पर्यटन बोर्ड र नगरपालिकाको साझेदारीमा सौर्यबत्ती जडान गरिएको हो । 
 
 पर्यटन बोर्ड र नगरपालिकाको ११ लाख रुपैयाँ लागतमा सौर्यबत्ती जडान गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार पुलमा रातिका बेला स्थानीय बासिन्दालाई हिँडडुल गर्न सहजता प्रदान गर्न र पुलको साँझपखको दृश्य नियाल्न आउने पर्यटकलाई आकर्षित गर्न सौर्यबत्ती जडान गरीएको बताए । पुलमा नौवटा सौर्यपाता जडान गरिएका उनले जानकारी दिए । 
 
 आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा रहेको उक्त पुल नजिकै नगरपालिकाले सुविधा सम्पन्न शौचालय निर्माणको कार्यसमेत सुरु गरेको छ । स्थानीय पूर्वाधार कार्यक्रमअन्तर्गत १० लाखको लागतमा शौचालय निर्माण भइरहेको छ । पर्यटक बढाउन झोलुंगे पुल नजिक नदी किनारमा ५० लाख रुपैयाँको लागतमा वनभोजस्थल र उद्यान बनाउन थालिएको छ ।

प्रतिक्रिया