भर्खरै

साउनको पहिलो सातादेखि कुलेखानी तेस्रो आयोजनाबाट विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Wed-03-Jul-2019
  • - Admin
title

हेटौँडा, असार । उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि  विद्युत् उत्पादन गर्ने भएको छ । 
 
विद्युत्गृहमा बाँकी उपकरण र तार जडान गरिएपछि छिट्टै विद्युत् उत्पादन गरी मुख्य प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । भैसेस्थित कुलेखानी दास्रो आयोजनाबाट निस्किएको पानीलाई चार किलोमिटर सुरुङ मार्गबाट ल्याई सफलतापूर्वक विद्युत्गृहमा राखी परीक्षण उत्पादन गरिएको आयोजनाले जनाएको छ । चौध  मेगावट क्षमताको सो आयोजना नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोडको लागतमा निर्माण गरिएको हो । चिनियाँ प्राविधिक टोलीले यही असार महीनाभित्र विद्युत्गृहको बाँकी काम केही दिनभित्र सक्ने र नियमित विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सुवास मिश्रले जानकारी दिनुभयो । तोकिएको समयभन्दा ढिला हुनाको मुख्य कारण ठेकेदार कम्पनी जिम्मेवार  रहेको बताउँदै उहाँले यसलाई पूरा गर्न धेरै मेहनत गर्नुपरेको जानकारी दिनुभयो । विद्युत्गृह नियमित सञ्चालनमा आउने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 17 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 22 hours ago