भर्खरै

कर्णाली प्रदेशमा कानुन मन्त्री भण्डारीद्धारा एफटीटीएच सेवाको शुभारम्भ

  • प्रकाशित मिति : Wed-03-Jul-2019
  • - Admin
title
 
काठमाण्डौं ,असार । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवा सोमबारदेखि कर्णाली प्रदेशमा पनि विधिवत् रुपमा शुभारम्भ भएको छ । सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले एफटिटिएच प्रविधि मार्फत समारोह स्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा गाउँमा परिणत गरेको र मानव जीवनलाई सहज बनाएको भन्दै टेलिकमको यो कामको प्रशंसा गरेर यसबाट डिजिटल नेपालको अवधारणा साकार पार्न ठूलो सहयोग पुग्ने अपेक्षा विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा  नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीका सेवाहरु देशभर  पु¥याएर सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनी प्रयासरत रहेको बताए । उनले कम्पनी कर्णाली प्रदेशमा अत्याधुनिक र गुणस्तरीय सञ्चार सेवाका विस्तारमा लागिरहेको र यसका लागि महत्वपूर्ण योजनाहरु सञ्चालनमा स्थानीय प्रशासन र प्रदेश सरकारले मदत गर्ने विश्वास उनमा रहेको बताए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले निजी सेवा प्रदायक भन्दा टेलिकम पछाडी परेको हो कि भन्दै आनो अग्रणी स्थान कायम राख्न अझै तदारुकताका साथ लाग्नुपर्ने बताएका थिए । सोही अवसरमा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले समाजमा नयाँ प्रविधिको सुत्रधारको रूपमा कार्य गरेकोमा कम्पनीलाई धन्यवाद दिंदै सेवाको गुणस्तर कायम गर्नुपर्ने तथा व्यवस्थापन अझ सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए ।  
५ सय १२ लाईन क्षमताका दुई थान फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान गरी कूल १ हजार २४ लाईन नेटवर्क क्षमताकासाथ शुरु भएको सो सेवाको वितरण शुरु भइसकेको छ । सुर्खेतभरी नै यसको विस्तार तत्काल गर्ने कम्पनीको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago