भरतपुरमा स्मार्ट विद्युत मिटर वितरण शुरु

  • प्रकाशित मिति : Wed-03-Jul-2019
  • - Admin
title

 
भरतपुर, असार । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ग्राहकलाई स्मार्ट विद्युत मिटर वितरण शुरु गरेको छ । विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन प्राधिकरणले स्मार्ट मिटर वितरण शुरु गरेको हो ।
 
 नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार शुरुमा थ्री फेज लिएका ठूला ग्राहकलाई परम्परागत मिटर प्रतिस्थापन गरेर स्मार्ट मिटर वितरण गरिएको बताए ।  उनका अनुसार नयाँ सबै थ्री फेज प्रयोग गर्ने ग्राहकलाई स्मार्ट मिटर दिइने र सिङ्गल फेज प्रयोगकर्तालाई पनि भविष्यमा स्मार्ट मिटर दिने योजना अघि बढेको बताए ।  भरतपुर वितरण केन्द्रअन्तर्गत थ्री फेज प्रायोगकर्ता करीब २० हजार रहेका छन् । परम्परागत मिटरको रु पाँच हजार देखि छ हजारसम्म पर्छ भने स्मार्ट मिटरको करीब रु १७ हजार मूल्य रहेको छ । विद्युत वितरण र भुक्तानीलाई स्वचालन प्रणाली (अटोमेशन) मा लाने अभियान स्मार्ट मिटरमार्फत शुरु भएको प्रमुख महतोले बताए ।
 
स्मार्ट मिटर एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा दोहोर सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकरणको सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । उपभोक्ताले बिल तिरेको र नतिरेको पनि छिनभरमै प्राधिकरणलाई थाहा हुन्छ ।
 
डिभाइसमा जडान गरिएको सिस्टम मै उपभोक्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गरेर बिजुलीको खपत गर्न सक्ने हुन्छ । विकसित मुलुकमा पछिल्ला वर्षमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । स्मार्ट मिटर जडान गरेपछि उपभोक्ता र विद्युत बिक्रेता प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचारी घरघरमा आएर मिटर हेरेर बिल काट्नुपर्ने बाध्यता पनि हट्ने छ । 

प्रतिक्रिया