भर्खरै

इपानले ऊर्जा सम्मेलन (Power Summit) २०१९ आयोजना गर्दै

  • प्रकाशित मिति : Sun-30-Jun-2019
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौं,असार । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) ले पावर समिट २०१९ को आयोजना गर्ने भएको छ । इप्पानले आज पत्रकार सम्मेलन गरी आगामी मंसिर ५ र ६ गते काठमाण्डौंमा आयोजना गर्ने जानकारी दिएको हो ।
 
ऊर्जा क्षेत्रमा भएको परिवर्तन,थालिएको सुधार र देश भित्र तथा बाहिर देखिएको अवसर र चुनौतीहरुको चर्चा गर्न पावर पावरीङ द एसियन सेन्चुरी (Power Powering the Asain Century) भन्ने मुल नारा साथ ऊर्जा सम्मेलन गर्न लागेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए । उनका अनुसार नेपालको ऊर्जा क्षेत्र अहिले सम्मकै सबै भन्दा क्रियाशिल अवस्था रहेको बताउँदै करिब ५,५०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणको चरणमा छ भने १८ ००० हजार मेगावाटका विभिन्न आयोजना अध्ययनको क्रममा रहेको उनको भनाई छ । नेपालमा विद्युत उत्पादन क्रमिक रुपमा वृद्धि हुँदै गईरहेको अवस्थामा उत्पादित विद्युत स्वदेश भित्र नै खपत गर्ने नीति प्रतिपादन गर्न ढिलाई भईसकेको छ उनले भने नेपालमा खपत हुन नसक्ने विद्युतको बजार व्यवस्थापनका लागि छिमेकी राष्ट्रहरुमा क्षेत्रिय ग्रीड कनेक्टिभिटीद्धारा ऊर्जा व्यापार गर्ने सम्भावनाको पहिचान भईरहेको छ । इप्पानले गर्दै आएको सम्मेलन मध्ये यो ऊर्जा सम्मेलन सातौं संस्करणको सम्मेलन हो । यस ऊर्जा सम्मेलनलाई नेपाल सरकारको अभिभावकत्व प्राप्त भएको छ । 
विगतमा भएका ऊर्जा सम्मेलनहरुले नेपालको ऊर्जा क्षेत्रको विकास एवं विस्तारमा अह्म भूमिका पु¥याए जस्तै यस वर्षको सम्मेलनले  पनि विकास एवं विस्तारमा  सहयोग पुग्ने विश्वास रहेको छ । सम्मेलनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विज्ञहरु, सरकारी संघ संस्थाका उच्च अधिकारी,निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवालाहरुको उपस्थितीमा नीतिगत बहस हाल सम्म प्राप्त भएका उपलब्धि र अनुभवहरुको आदान प्रदान हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 
 यी उच्च व्यक्तिहरुको सँगको छलफलबाट नेपालको दिगो ऊर्जा विकासका सम्भावना , ठोस सुझाव र मार्ग चित्र प्राप्त हुने विश्वास इप्पानले लिएको छ । सो सम्मेलनमा संघीय नेपालमा विद्युत विकास,अन्तरदेशीय व्यापार तथा प्रसारण पूर्वाधार विकास ,विद्युत क्षेत्रमा आवश्यक लगानी ,उत्पादन हुने विद्युतको बजार विस्तार लगायतका विविध विषयमा बहस हुनेछ । नेपालको हरित ऊर्जा नेपालको समृद्धिको सम्वाहक मात्र नभई एसियाकै आर्थिक विकासको पूर्वाधारको रुपमा उपलब्ध हुनुपर्ने मान्यता इप्पानको रहेको छ । सम्मेलनमा ७५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहने अनुमान गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago