भर्खरै

विद्युतीय ब्याट्रीबाट चल्ने ७ सय सफा टेम्पो सञ्चालनमा

  • प्रकाशित मिति : Thu-27-Jun-2019
  • -
title

काठमाडौं( विद्युतीय ब्याट्रीबाट चल्ने सफा टेम्पोको संख्या ७ सय पुगेको छ । २०५२ सालदेखि हालसम्मको अवधिमा उक्त परिमाणका सफा टेम्पो सञ्चालनमा आएका हुन् । डिजेल टेम्पो प्रतिस्थापन गर्न ल्याइएको सफा टेम्पो राजधानीका विभिन्न रुटमा चलिरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
 
विभागका अनुसार हालसम्म दर्ता भएका साढे ४० हजार विद्युतीय सवारीमध्ये सफा टेम्पोको संख्या ७ सय १० पुगेको हो । ठूला सहरमा सफा टेम्पो निर्वाधरूपमा चलिरहेकाले यसको प्रयोग सफल भएको विद्युतीय सवारी निर्माण तथा आयात संघ नेपाल ९इभिएमआइएएन० अध्यक्ष विजयमान शेरचनले बताए । उनका अनुसार अहिले सञ्चालनमा रहेका सफा टेम्पोले दैनिक ३ सय बढी यात्रुलाई नियमित सेवा दिँदै आएका छन् । सफा टेम्पोको प्रयोग सफल भए पनि सरकारले संख्या बढाउन पहल नगरेको उनले गुनासो गरे । ‘नाकाबन्दीको समयमा डिजेल गाडी बन्द हुँदा सफा टेम्पोले नै सर्वसाधारणलाई सेवा दिएका थिए,’ उनले भने, ‘तर टेम्पोको प्रवद्र्धनमा सरकारले चासो दिएको छैन ।’
 
अमेरिका र भारतको लखनउबाट उपकरण आयात गरेर सफा टेम्पो निर्माण गर्दै आएको पनि उनले बताए । सरकारले ३ चक्के विद्युतीय सवारी देशभित्रै बनाउन दिए पनि ४ चक्केका लागि अझै अनुमति नदिएको बताए । सन् २०३० भित्र ५० प्रतिशत सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न खरिद लागत घटाउनुपर्नेमा उनले जोड दिए । सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न सुरु गरे पनि नीति निर्माण तहमा बसेकाहरूले काम नगर्दा अन्यौलता बढेको उनले बताए । हाल सञ्चालनमा रहेका सफा टेम्पो लगनखेल(बानेश्वर(कोटेश्वर(पुल्चोक, सुन्धारा(छाउनी, सुन्धारा(गल्फुटार, सुन्धारा(चावहिल(तीनचुली, सुन्धारा(सिनामंगल, सुन्धारा(बत्तिसपुतली(अनामनगर , शंखमुल( जोरपाटीलगायत रुटमा गुड्दै आएका छन्। ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago