भर्खरै

विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नु पर्छ : ऊर्जा मन्त्री पुन

  • प्रकाशित मिति : Wed-26-Jun-2019
  • - रुपा तुलाधर
title

ललितपुर, असार । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले विद्युतीय सवारीसाधनलाई  प्रोत्साहन गर्नु पर्ने बताएका छन् । विद्युतीय सवारीसाधन प्रोत्साहन सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा ऊर्जा उत्पादनको प्रशस्त सम्भावना रहेको बताउदै उनले दीर्घकालिन रुपमा पेट्रोलीयम पदार्थबाट चल्ने सवारीसाधन महंगो पर्न जाने र वातावरणलाई पनि असर पर्ने हुँदा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरेका थिए । 
कार्यक्रममा ऊर्जा विकास परिषद्का अध्यक्ष, सुजित महर्जनले नेपालमा डिजेल तथा पेट्रोल बाट चल्ने सवारीसाधन लाई विस्थापित गर्दै विद्युतीय सवारीसाधन ल्याउनु पर्ने बताए । देश आत्मनिर्भर बनाउनका लागि तथा भारतले समय समयमा गर्ने नाकाबन्दिमा पनि सवारीसाधन सञ्चालनमा ल्याउनका लागि विद्युतीय सवारीसाधनलाई सञ्चालनमा ल्याउनु पर्ने बताए । पेट्रोलीयम पदार्थबाट चल्ने सवारीसाधनले मानव स्वस्था र वातावरणलाई असर पुर्याउने हुदा यसलाई कम गर्न  पनि  विद्युतीय सवारीसाधन ल्याउनु पर्ने उनको भनाई रहेको थियो । 
त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नेपालमा जलविद्युत र नविकरणीय ऊर्जाको प्रसस्त सम्भावना भएकाले यसको उपयोग गर्नु पर्ने बताए ।  भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्य बज्राचार्यले   नीति नियमका कारण विद्युतीय सवारीसाधन सञ्चालनमा आउन नसकेको बताए । नीति बनाउनु भन्दा अघि नै विद्युतीय सवारीसाधनको  बढी प्रचरा भएको हुँदा समस्या आएको उनले बताए । त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिडिई राजु महर्जनले गत वर्षको तुलनामा यस वर्ष पेट्रोलीयम पदार्थको आयातमा वृद्धि भएको बताउदै यस सम्बन्धि मन्त्रालयले आवश्यक काम गर्ने बताए । त्यस्तै नेपाल विद्युत प्राधिकरणका  उपकार्यकारी निर्देशक हरराज न्यौपाने नेपालमा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न प्रयात्नरत रहेको बताए । 

प्रतिक्रिया