सरकारले लगानीको ग्यारेन्टी गरे स्वदेशमा जुट्छ जलविद्युतमा लगानी

  • प्रकाशित मिति : Wed-26-Jun-2019
  • - Admin
title

नेपालमा जलविद्युत उत्पादनको भएको १०८ वर्ष पुरा भईसकेको छ । वि.सं १९६८ साल देखि ५०० किलोवाटको फर्पिङबाट जलविद्युत उत्पादनको इतिहास सुरुवात भएको हो । विद्युत उत्पादनको यति लामो समय बितिसक्दा पनि नेपालले हाल सम्म आवश्यक मात्रमा विद्युत उत्पादन गर्न सकेको छैन । जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक नेपाल जहाँ ८३ हजार मेगावाट विद्युत उत्पादन हुने खोलानाला रहँदा रहँदै पनि विद्युत उत्पादन गर्न नसक्नु यो एउटा नेपाल सरकार र नेपाली जनताको लागि दुर्भाग्यको कुरा हो । नेपाल सरकार जलविद्युत उत्पादनमा हाल सम्म पनि अन्य बाह्य देशहरुको लगानीमा नै परनिर्भरता पर्नुृपर्ने अवस्था छ । आयोजना निर्माणमा अरुको भरपर्नु पर्ने अवस्थाले गर्दा हामीले अहिले सम्म लक्ष्य र सम्भावना अनुसारको काम गर्न सकेका छैनौं भने बिजुलीकै लागि वर्षेनी अर्बौं रुपैयाँ बाहिरी देश पठाइरहेका छौं । यदि स्वदेशी लगानीमा हामीले यी आयोजना निर्माण गर्न सक्यौं भने बाहिर गइरहेको ठूलो पुँजीलाई रोक्न सक्छौं भने आत्मनिर्भर पनि बन्न सक्छौं । सरकारले नेपालमा नै रहेका ठूला कम्पनी तथा वित्तिय संस्थाहरुलाई परिचालन गर्न सके जलविद्युतमा लगानकिो लागि बाह्य देशको भर पर्नुपर्ने अवस्था हुँदैन । यदि सरकारले यी संघ संस्थालाई परिचालन गरी लगानीको ग्यारेन्टी गराउन सक्ने वातावरण निर्माण गराईदिने हो हरेक क्षेत्रलाई स्वदेशमा नै लगानी जुट्छ । त्यसैले सरकारले नेपालका चौधरी ग्रुप,त्रिवेणी ग्रुप सारडा ग्रुप लगायतका कम्पनीहरुसँग समन्वय गरेर अघि बढ्नु पदर्छ । यी संस्थाहरुसँग हातेमालो गरेर अघि बढेमात्र सरकारको लक्ष्य र उद्धेश्यहरु पुरा हुन सक्ने देखिन्छ अन्यथा सम्भव छैन । सरकारले लामो समय देखि जलविद्युत आयोजना ओगट्ने प्रवृत्तिले पनि समयमा आयोजना सम्पन्न हुन सकेको छैन ।  यदि सरकारले यो प्रवृत्तिको अन्त्य गर्न सक्ने हो भने आयोजनाको काम समय सीमाभित्रै सम्पन्न हुन्छ र आयोजनाका लागत दोब्बर तेब्बर बढेने समस्या हुँदैन ।

प्रतिक्रिया