भर्खरै

माथिल्लो मस्र्याङ्दी–२ आयोजना निर्माण पिडिए वार्ता गरिने

  • प्रकाशित मिति : Wed-19-Jun-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ । ३ सय मेगावाट क्षमताको अपर मस्र्याङ्दी–२ जलविद्युत आयोजना लगानी बोर्डले आयोजना विकास सम्झौता (पिडिए) वार्ता सुरु  गर्ने भएको छ ।  आयोजनाको प्रवर्दधक कम्पनी हिमताल हाइड्रो पावर कम्पनीसँग बोर्डले पिडिए वार्ता गर्ने भएको हो । 
 
यसका लागि बोर्डले प्रवद्र्धक कम्पनीका प्रतिनिधि सहित मनाङ र लमजुङका आयोजना प्रभावित स्थानीय, प्रशासन र सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय प्रभावितसँग आयोजनाका आर्थिक–सामाजिक प्रभाव, असर र समाधानबारे छलफल गरी टुंगोमा पुगिएपछि आयोजना प्रवद्र्धकसँग वार्ता सुरु गर्ने बताए । आयोजना स्थल रहेको लमजुङको घेर्मु, ताङ्ग्री, लमजुङ र मनाङका जिल्ला प्रशासन कार्यालय र अन्य दुई गाउँपालिकामा सर्वदलीय छलफल भइसकेको छ । यसअघि हिमतालले उक्त आयोजनालाई निर्यातमुखी आयोजनाका रूपमा ६ सय मेगावाट क्षमतामा बनाउने तयारी थियो । उक्त क्षमताकै आधारमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनसमेत तयार गरिएको छ । तर, हाल आन्तरिक प्रयोजनकै लागि कम्पनीले ३ सय २१ मेगावाट क्षमतामा आयोजना बनाउन लागेको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago