२ रुपैंया घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
- प्रकाशित मिति : Mon-17-Jun-2019
- - विद्युत संसार संवाददाता

काठमाण्डौं,२ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैँया घटाएको हो । आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाएको छ । हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।

निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल ९६ रुपैयाँ ५० पैसा र मट्टिलेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ ।