भर्खरै

तनहुँको सुढेगाँउको १३ घरमा बिजुली, आगामी आ.व मा सबै घरमा विद्युत विस्तार हुने

  • प्रकाशित मिति : Sun-16-Jun-2019
  • -
title

तनहुँँ असार । तनहुँको व्यास नगरपालिका –१३ स्थित सुढेगाँउका १३ घरमा पहिलो पटक विजुली पुगेको छ । हालसम्म पनि विद्युतीकरण नपुगेको तनहुँको सो गाउँमा पहिलोपटक बिजुली बलेको हो । पहिलोपटक बिजुली बल्दा सुढेका स्थानीयवासीमा खुशीयाली छाएको छ । 
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युत् कार्यक्रमअन्तर्गत    बिजुली नपुगेका घरधुरीमा विद्युत् सेवा पु¥याइएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । गोशलीका अनुसार १५ केभीएको तारमार्फत विद्युत् विस्तार गरिएको छ । उनले भने, “अहिलेसम्म अन्धकारमा रहेको सुढेमा विद्युत् विस्तारका लागि रु १५ लाख लगानी भएको छ ।”
 
उनका अनुसार व्यास नगरपालिका–१४ को नाल्दीघाटमा मात्रै अब विद्युत् विस्तार हुन बाँकी छ । नाल्दीघाटको २५ घरधुरीमा आगामी आर्थिक वर्षमा विद्युत् विस्तार हुनेछ । उनले भने, “सुढेबाट छ किमी टाढा रहेको गाउँमा विद्युत् विस्तारका लागि पहल भइरहेको छ । आगामी वर्षसम्म उक्त गाउँमा बिजुली बल्नेछ ।” तनहुँका १५ प्रतिशत घरधुरीका स्थानीयवासी अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । रिसिङ गाउँपालिका–२ दुवुङको १२०, खाल्टुभञ्ज्याङको १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकको ६० घरधुरीमा चालू आर्थिक वर्षभित्रै विद्युत् पु¥याउने लक्ष्य छ ।
 विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण भइरहेको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरी लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइनेछ । साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइने केन्द्रले जनाएको छ ।
 
त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका–५ र ६, बन्दीपुर गाउँपालिका–६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिंमार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिए । विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ/आठ एमबिएको सवस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ । सोही सबस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पु¥याइनेछ । 
केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानलाई तीव्रता दिएको छ भने भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ । जसअनुसार बन्दीपुर गाउँपालिकामा चार ठाउँमा, भानु नगरपालिकामा चार ठाउँमा, व्यास नगरपालिकामा सात ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ ।

प्रतिक्रिया