भर्खरै

तल्लो मोदीखोला आयोजना सुचारु गराउन प्रवद्र्धक कम्पनीको आग्रह

  • प्रकाशित मिति : Fri-14-Jun-2019
  • - रुपा तुलाधर
title
काठमाण्डौ,  जेठ । पर्वतको कुश्मा नगरपालिकामा निर्माणाधिन तल्लोमोदी खोला जलविद्युत आयोजना तत्काल सुचारु गराउन प्रवद्र्धक कम्पनी मोदी इनर्जी प्रा.लीले सम्बन्धित सबैलाई आग्रह गरेको छ । जेठ ८ गते देखि आयोजनामा कार्यरत कर्मचारीहरुले विभिन्न माग राख्दै तालाबन्दि गरेकाले उक्त आयोजना  समयमा नै सुचारु गराउन कम्पनीले नेपाल सरकार सहित सम्पूर्ण सरोकारवालाहरुको ध्यानार्कषण गराएको हो ।   
 
२० मेगावाट क्षमताको उक्त आयोजनाबाट आगामी असारको पहिलो साता विद्युत उत्पादन तथा परीक्षण गर्ने भनिएता पनि तालाबन्दिका कारण समयमा नै परीक्षण उत्पादन नहुने भएको हो ।
 
आयोजना अन्र्तगत ठेकेदार कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रा.लि र आशिष फेवा नयाँबाटो जेभिका पूर्व तथा हालका कर्मचारीहरुले आयोजनामा स्वतःस्थायी गर्नुपर्ने, काम गर्न नचाहेका कर्मचारीहरुको हकमा प्रति व्यक्ति रु २० लाख उपदान दिनुपर्ने, निर्माणका क्रममा आएका विज्ञ कर्मचारीहरुलाई हटाई स्थानिय कर्मचारीहरुलाई मात्र राख्नु पर्ने लगायतका माग राखि आयोजनामा तालाबन्दि गरी काम ठप्प बनाएको प्रबद्र्धक कम्पनीको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
 
आयोजनामा कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्ने माग तथा काम गर्न नचाहेका कर्मचारीहरुको हकमा रु २० लाख प्रतिव्यक्ति उपदान दिनुपर्ने जस्ता माग प्रचलित एनको बर्खिलाप रहेको विज्ञप्तीमा उल्लेख छ ।
 
आयोजना स्थलमा भएका यस्ता प्रकारका कार्यले कम्पनीलाई करोडौं नोक्सानी हुनुका साथै स्वदेशी तथा विदेशी लगानीकर्ताहरु माझ गलत सन्देश गई लगानीकर्ता निरुत्साहित हुने हुदा यस प्रति ध्यान दिन र तत्काल काम सुचारु गराइदिन कम्पनीले सबैलाई आग्रहसमेत गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago