भर्खरै

खोलामा पैसा हाल्नुस् र धनी बन्नुस् ः प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : Thu-14-Feb-2019
  • - Admin
title

प्रदिप श्रेष्ठ
काठमाडौं,माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली जनतालाई खोलामा पैसा लगानी गरेर धनी बन्न अनुरोध गरेका छन् । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आज बाट शुरु गरेको नेपालको पानी जनताको लगानी,हरेक नेपाली विद्युतको शेयर धनी भन्ने मुल नारा लिएर आयोजना भएको जनताको जलविद्युत आयोजना कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 
प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरीद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै आफूले पहिलो शेयर लिने प्रधानमन्त्रीको भनाइ थियो । नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश हो तर पनि विगतका नीति र कार्यक्रमका कारण आवश्यक मात्रामा विद्युत उत्पादन हुन नसकेको बताउँदै प्रधानमन्त्रीले वर्तमान सरकारले आधार तयार पारेको र अबको १० वर्षभित्रै देशले काँचुली फेर्ने विश्वास व्यक्त गरेका थिए । वर्तमान सरकारले विकासका लागि कानूनी, प्राविधिक र संरचनागत आधार तयार पारेको जानकारी दिँदै प्रधानमन्त्रीले गरीब नेपालको परिचयलाई बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गर्ने महाअभियान शुरु भएको प्रधानमन्त्री ओलीको भनाई छ । 

प्रतिक्रिया