भर्खरै

जोशी हाइड्रो पावरले शेयर बिक्री गर्दै

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

 

काठमाडौँ, मंसिर । जोशी हाइड्रो पावर कम्पनीले यहि मंसिर १६ गतेदेखि  साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १४ करोड ४८ लाख ४६ हजार बराबरको 
साधारण शेयर बिक्री गर्ने भएको हो । १६ गतेदेखि साधारण शेयर बिक्री गर्ने  तयारी गरेको  कम्पनीको शेयर छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ ।
 
गत कात्तिक १८ गते नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले तीन लाख ७१ हजार ४०० कित्ता अर्थात् तीन करोड ७१ लाख ४० हजार बराबरको शेयर छुट्याएको थियो । त्यसमा प्रति शेयर रु एक सय अंकित दरको एक लाख २९ हजार ३९० कित्ता मात्रै आवेदन परेको थियो । स्थानीयबासीले आवेदन नगरेको शेयर समेत आम सर्वसाधारणलाई बिक्री गरिनेछ । आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रहेको छ । यस आधारमा प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 3 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 8 hours ago