भर्खरै

खिम्तीमा तीन वटा विद्युत आयोजना निर्माण हुँदै

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

 

काठमाडौँ । रामेछाप जिल्लामा रहेको  खिम्ती खोला बाट हाल तीन जलविद्युत आयोजना निर्माण हुने भएको छ ।  हिमालयन ऊर्जा विकास कम्पनीले  खिम्ती खोलाबाट खिम्ती एक १२ मेगावाट क्षमता,  माथिल्लो खिम्ती दुई ७ मेगावाटका क्षमताको दुई ओटा आयोजना  निर्माण गरिरहेको छ भने र पिपल्स इनर्जीले ४८. ८ मेगावाट क्षमताको खिम्ती दोस्रो आयोजना निर्माण गरिरहेको छ  ।  
रामेछापमा निर्माणाधीन माथिल्लो खिम्ती एक र माथिल्लो खिम्ती दुई आयोजनाको भौतिक निर्माण ८० प्रतिशतभन्दा माथि रहेको  हिमालयन ऊर्जा विकास कम्पनीले  जनाएको छ ।  कम्पनीका सञ्चालक प्रकाश दुलालका अनुसार आगामी असार भित्र दुबै आयोजना  निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बताए । 
बाँध क्षेत्रको संरचना निर्माणको काम अन्तिम चरणमा छ । बाँधबाट विद्युत गृहसम्म ल्याइने तीन हजार ८०० मिटर लामो पाइप बिच्छ्याउने काम समेत ८५ प्रतिशत सम्पन्न भएको छ । पाइप बिच्छ्याउन ५०० मिटर मात्रै बाँकी छ । आयोजनाको विद्युतगृहको काम पनि अघि बढेको छ । त्यसमा  जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण ठेकेदार कम्पनीले आयोजनास्थलमा ल्याउन शुरु गरेको छ ।  एकसाथ निर्माण भइरहेका दुई आयोजना सम्पन्न हुँदा रु तीन  अर्ब १५ करोड खर्च हुने आयोजना निर्देशक रमाकान्त गौरोले जानकारी दिए ।
 
 ती आयोजना सम्पन्न भएपछि उत्पादन हुने नेपाल विद्युत प्राधिकरणको गर्जाङ सवस्टेसनमा लगेर जोडिनेछ । उक्त सवस्टेशनको कामसमेत अगाडि बढाइएको छ । चिनियाँ कम्पनी 
पिङ्गाओ एण्ड जेभीले सो सवस्टशेन र प्रसारणलाइनको काम गरिरहेको छ । पिपल्स इनर्जी लिमिटेडले रु नौ अर्ब लगानीमा  दोलखा र रामेछापको सिमानामा खिम्ती दोस्रो ४८.८ मेगावाट क्षमताको आयोजना निर्माण शुरु गरेको छ । सो आयोजानको पहुँचमार्ग निर्माण तथा आवासगृहको काम शुरु भएको छ । 
 
 यस्तै हिमाल पावरले कूल ६० मेगावाट क्षमताको खिम्ती आयोजना सञ्चालन गरिरहेको छ । यस्तै अन्य दुई आयोजनासमेत निर्माणमा जाने तयारीमा छन् । निलगङ्गा जलविद्युत् कम्पनीले कूल नौ मेगावाट क्षमताको खिम्ती घ्वाङ जलविद्युत् आयोजना अगाडि बढाइएको छ । यस्तै करीब ६०० मेगावाट क्षमताको खिम्ती ठोस्ने जलाशयुक्त आयोजना समेत अगाडि बढाउन लागिएको छ । विद्युत विकास विभागले सो आयोजना अध्ययन गरिरहेको छ । आयोजनाको अध्ययनका लागि प्रदेश नं ३ सरकारले पनि चासो व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago