भर्खरै

सोलारबाट २७५ मेगावाट बिजुली उत्पादन गर्न अनुमति

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

काठमाडौं । मुस्ताङ्ग र रसुवा जिल्लाका २७५ मेगावाट क्षमताको दुई सौर्य विद्युत आयोजना सर्वेक्षण गर्नका लागि अनुमति दिएको छ । गत आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ३३ औं लगानी बोर्ड बैठकले युरोपिन कम्पनी डोल्मा फन्ड म्यानेजमेन्टलाई सर्वेक्षण अनुमति दिएको हो । 
 
  लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले मुस्ताङ जिल्ला लोमान्थाङमा १५० र रसुवाको चिलिमेमा १२५ मेगावाट क्षमताको सोलार राख्नका लागि सर्वेक्षण गर्न अनुमति दिएको बताएका छन् । सोलार प्लान्ट स्थापनाका लागि डोल्मा कम्पनी स्वयम् प्रस्ताव राखेपछि सर्वेक्षणको अनुमति बोर्डले दिएको हो । उनले भने सर्वेक्षण पश्चातमात्र कति,कुन र कसरी सौर्य प्लान्ट लगाउन सकिन्छ भन्ने बारे स्पष्ट हुने भनाई छ । 
 
 डोल्मा कम्पनीले वर्षदिनभित्र सर्वे र अध्ययनको काम सक्ने बताएको छ । यो आयोजना बनाउन २० अर्ब रूपैयाँ लाग्नेछ ।
 
नेपाल विद्युत प्राधिकरणसँग उर्जा खरिद सम्झौता (पिपिए) भएको दुई वर्षभित्र बिजुली उत्पादन गर्ने डोल्मा फन्ड म्यानेजमेन्टले जनाएको छ । यी दुवै आयोजना सम्पन्न भए नेपालमा सौर्य ऊर्जा उत्पादन गर्ने ठूला आयोजना बन्ने छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago