भर्खरै

ग्राहकको पहिलो रोजाइ क्रम्टनको “गिजर”

  • प्रकाशित मिति : Wed-18-Dec-2019
  • - रुद्रकुमारी श्रेष्ठ
title

 
काठमाण्डौं,पौष । ग्राहकहरुको पहिलो रोजाईमा क्रम्टन इलेक्ट्रिक गिजर परेको छ । क्रम्टन ब्राण्डका गिजरहरु गुणस्तरीय,भरपर्दो र उपभोक्ता तथा प्रविधिमैत्री भएकोले ग्राहकहरुको पहिलो रोजाईमा परेको हो । अहिेलेको समयमा समयअनुसारको विद्युतीय सामानहरुको प्रयोग गर्ने गर्दछ । अहिले जाडो याम शुरु भईसकेको छ । जाडो महिना शुरु भए लगत्तै मानिसहरु बढि मात्रामा गिजर सम्झिन्छन् ।
 
 विशेषतः पानी तताउन प्रयोग गरिने गिजर ब्राण्ड मूल्य र गुणस्तरीयताका कारण महत्वपूर्ण रहेको हुन्छ । बजारमा धेरै ब्राण्डका गिजरहरु पाइन्छ तर सबै गुणस्तरीय छैनन् । ग्राहकले गिजर किन्दा आफुले कुन ब्राण्ड र क्यापासिटीको किन्दैछु भन्ने ख्याल गर्न नसक्दा त्यतिकै पैसा खेर जान गर्दछ । तर यो क्रम्टन ब्राण्ड इण्डियाको एक नम्बर ब्राण्ड हो । यो १ सय २५ वर्ष पुरानो कम्पनीको परिचय आफैंमा स्थापित भइसकेको छ । पुरानो स्थापित कम्पनी हुनाले बजारमा 
उपभोक्तालाई परिचय दिईरहनु पर्दैन । यस क्रम्टन ब्राण्डका हरेक उत्पादनहरु  गुणस्तरयुक्त रहेकोले धेरै  नेपालीको घरघरमा यस ब्राण्डका सामानहरु पुगिसकेको छ । यसको गुणस्तरीयता उपयोगिता र मूल्यको बारेमा पनि नेपालमा धेरै लामो समय देखि क्रम्टनका विद्युतीय वस्तु आइरहेको छ । कम्पनीले सामानको सिधा मार्केटिङ शुरु गरिसकेको छ । ५ नम्बर रेटिङमा रहन सफल यस ब्राण्डका उत्पादनहरु देशका विभिन्न डिलर पसल सुपर मार्केटहरुमा पाइन्छन् । अन्र्तराष्ट्रिय मापदण्डमा आधारित क्रम्टनका उत्पादनहरु दैनिक उपभोक्ताको रोजाइ पर्दै गएको छ । 
 
जति धेरै रेटिङ त्यति नै कम विद्युत लिने भएकोले यो ग्राहकको रोजाइमा पर्दै गएको पाइन्छ । नेपालमा आधिकारीक डिलरको रुपमा यस ब्राण्डका सामानहरु ई.थ्री इलेक्ट्रोनिक्सले बिक्रि वितरण गर्दै आईरहेको छ । ई.थ्री इलेक्ट्रोनिक्सले क्रम्टनका उत्पादनहरु गिजर, आइरन पंखा, कुलर लगायत विभिन्न विद्युतीय सामानहरु बिक्रि वितरण गरिरहेको छ ।  ६ लिटर क्यापासिटी देखि १०,१५,२५ र ५० लिटर सम्ममा गिजरहरु पाइन्छ  । मूल्यका हिसावले सहज १४ हजार देखि २८ हजार सम्म पर्नेछ ।  जाडो महिना लागेपछि गिजरको माग बढ्नु स्वभाविक नै हो । तातो पानी तताउन विशेष प्रयोग हुने गिजर घर कार्यालय देखि रेष्टुरेष्ट होटलहरुलाई पनि उत्तिकै उपयोगी हुन्छन् ।
 
 
क्रम्टनको गिजर नै किन ?

– क्रम्टन इण्डियाको एक नम्बर ब्राण्ड
– १२५ वर्ष पुरानो र स्थापित कम्पनी
– देशभरिका डिलर पसल सुपरमार्केटमा उपलब्ध
– ६ लिटर क्यापासिटी देखि १०,१५,२५,५० लिटर सम्म को पाइने

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago